Thursday, July 7, 2011

२ सय ९३ कर्मचारी छड्केमा

काठमाडौं, २३ असार- विभिन्न १५ सरकारी निकायमा कार्यरत २ सय ९३ जना कर्मचारी बिहीबार राष्ट्रिय सतर्कता केन्द्रको छड्केमा परेका छन् । ती कार्यालयहरुमा सवा दस बजे अनुगमन गर्दा उनीहरु अनुपस्थित रहेकाले छड्केमा परेको केन्द्रले जनाएको छ । केन्द्रले कर्मचारीहरुलाई अनिवार्य रुपमा कार्यालय समयको पालना गराउन छड्के गरेको हो ।
केन्द्रले कार्यालय समयको पालना नगर्ने ती कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई लिखित आग्रह गरेको छ । केन्द्रका प्रवक्ता अर्जुनप्रसाद खनालका अनुसार १५ निकायमा अधिकृतस्तरका ७८ सहायकस्तरका १ सय ४१ र श्रेणी विहीन ७४ जना छड्केमा परेका थिए ।
केन्द्रले कृषि विभाग पशु सेवा विभाग राजस्व अनुसन्धान आयोग नगर विकास समितिको कार्यालय भक्तपुर र ललितपुर सहकारी विभाग विद्यालय शिक्षक किताबखाना केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र जिल्ला हुकमार कार्यालय ललितपुर नेपाल खाद्य संस्था कार्यालय कोष तथा लेखा नियन्त्रक कार्यालय कौषी तोषाखाना नापी विभागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र सहरी विकास तथा भवन निर्माण विभागका कर्मचारीको छड्के गरेको थियो ।

No comments:

Post a Comment