Friday, July 22, 2011

गृहमन्त्रीको आग्रहमा कर्मचारी आन्दोलन स्थगित

काठमाडौ, ६ साउन- माओवादी समर्थित राष्ट्रिय निजामती कर्मचारी संगठनसहित तीनवटा युनियनले राष्ट्रसेवकको तलब वृद्धि अपुग भएको भन्दै एक सातादेखि जारी आन्दोलन स्थगित गरेका छन् । सरकारका तर्फबाट गृह मन्त्री कृष्णबहादुर महराले वार्तामा आउन औपचारिक रुपमा आग्रह गरेपछि आफूहरुले आन्दोलन स्थगित गरेको जानकारी राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष यम पोखरेलले दिए ।
गृह मन्त्रीले वार्ताका माध्यमबाट समस्या समाधान गर्ने भन्दै कर्मचारी संगठनहरुलाई आन्दोलन स्थगित गर्न शुक्रबार नै आह्वान गरेका हुन् । 'गृह मन्त्रीले वार्तामा आउन आह्वान गरेकाले हामीले तत्काललाई आन्दोलन स्थगित गरेका हौं । अब सरकारसित वार्ता हुन्छ' पोखरेलले भने ।
राष्ट्रिय निजामती कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र सरकारी तथा संस्थान सवारी चालक एसोसिएसनले सबै तहको समान तलब वृद्धि हुनुपर्नेलगायतका माग राखी िसंहदरबारभित्र दिनहुँ जुलुस र धर्ना िदंदै आएका थिए भने सरकारले पनि आन्दोलनकारी कर्मचारीलाई धर्नास्थलबाट पक्राउ गर्ने र अपराह्न छाड्ने गरेको थियो ।

No comments:

Post a Comment