Monday, July 25, 2011

प्राधिकरणको कार्यकारी निर्देशकका लागि ५ जनाको सूची तय

काठमाडौं, ९ साउन- ऊर्जा मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छनौटका क्रममा आवेदक २० जनामध्येबाट पाँच जनाको सूची सर्ट लिस्टिङ तयार गरेको छ । कार्यकारी निर्देशकका लागि दुईपटक प्रकाशित विज्ञापनमा २० जनाले प्रस्ताव हालेकामध्ये सर्ट लिस्टिङ गरी ५ जनाको नाम तय गरेको हो ।
सर्ट लिस्टिङ गरिएकामा विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामेश्वर यादव महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठ पूर्व कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठ विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर सहसचिव केशवध्वज अधिकारी र शान्ति मन्त्रालयका दीपेन्द्रनाथ शर्मा सिभिल इन्जिनियरिङका सहसचिव छन् ।
कार्यकारी निर्देशक छनौट गर्न पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजकत्वमा गठित समितिले २० जना प्रस्तावकमध्ये पाँच जनाको नाम सर्ट लिस्टिङ गरी उनीहरुलाई साउन ११ र १२ गते विद्युत् प्राधिकरणको सुधारसम्बन्धी आफूले पेस गरेको प्रस्ताव प्रस्तुत गर्न सूचित गरेको छ ।
पाँच जनाले आ-आफ्नो प्रस्ताव पेस गरेपछि समितिले उत्कृष्ट तीन जनालाई अन्तर्वार्ताका लागि बोलाउनेछ । अन्तर्वार्ताबाट समितिले कार्यकारी निर्देशकका लागि एक जना सफल उम्मेदवार र एक जना वैकल्पिक उम्मेदवार प्रस्ताव गर्ने र ऊर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।
ऊर्जा मन्त्रालयको पहिलो विज्ञापनमा कार्यकारी निर्देशकका लागि पूर्व कार्यकारी निर्देशक उत्तमकुमार श्रेष्ठ निमित्त कार्यकारी निर्देशक रामेश्वर यादव आयल निगमका कार्यकारी निर्देशक दिगम्बर झा उदयपुर सिमेन्ट कारखानाका महाप्रबन्धक अनिलकुमार झा िसंचाइ मन्त्रालयका सहसचिव कृष्णराज तिम_िल्सना मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाका प्रमुख सुनिलकुमार ढुंगेल प्राधिकरणका पूर्वसाचालक समिति सदस्य मुकेश काफ्ले प्राधिकरणका महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठ ईश्वरीप्रसाद तिवारी जयलालिसंह कार्की डा। लक्ष्मीभक्त शिल्पकार मित्रमणि पोखरेल र मोहनकृष्ण उप्रेतीसहित १३ जनाले आवेदन दिएका थिए् ।
कार्यकारी निर्देशकका लागि पहिलो विज्ञापनमा उपयुक्त व्यक्तिको प्रस्ताव नआएको महसुस गरी ऊर्जा मन्त्रालयले दोस्रोपटक विज्ञापन आह्वान गरेको थियो । दोस्रोपटकको आह्वानमा कार्यकारी निर्देशकका लागि प्रस्ताव हाल्नेमा प्राविधिक सहसचिवद्वय केशवध्वज अधिकारी र दीपेन्द्रनाथ शर्मा खानेपानी विभागका डिभिजनल इन्जिनियर राजन पाण्डे विद्युत् प्राधिकरणका आठौं तहका इन्जिनियर अम्बिकेशकुमार झा पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक नवराज कार्की इन्द्रलाल श्रेष्ठ र जगन्नाथ ढकाल छन् । विद्युत् विकास विभागका सुई अधिकारी हाइड्रो पावर र शर्मा जनरल सिभिल समूहका इन्जिनियर हुन् ।
सरकारले पूर्व प्रमुख आयुक्त उपाध्याय संयोजक र बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत र विद्युत् प्राधिकरण पूर्व अधिकारी आत्मकृष्ण श्रेष्ठ रहेको कार्यकारी निर्देशक छनौट समिति गठन गरेको छ ।

No comments:

Post a Comment