Friday, July 15, 2011

पाँच सचिवका लागि १५ जनाको नाम सिफारिस

काठमाडौं, ३१ असार- बढुवा समितिले निजामती ऐनअनुसार विभिन्न निकाय र मन्त्रालयमा रिक्त पाँच सचिवमा पदोन्नतिका लागि तेब्बर अर्थात् १५ जनाको नाम सिफारिस गरेको छ । लोकसेवा आयोगका सदस्य कृष्ण पोखरेलको अध्यक्षतामा सामान्य प्रशासन मन्त्रालयमा शुक्रबार बिहान बसेको बढुवा समितिको बैठकले पाँच वर्ष सेवा अवधि पूरा गरी सचिवका लागि योग्य भएका सहसचिवहरुमध्येबाट कार्यसम्पादन र ज्येष्ठताका आधारमा १५ जनाको नाम सिफारिस गरेको हो ।
समितिका एक सदस्यले दिएको जानकारीअनुसार सचिव सिफारिस भएकामा वरियताक्रमअनुसार क्रमशः अनिलकुमार पाण्डे अर्जुन भण्डारी दुर्गा भट्टराई लालमणि जोशी डा। निराजन उपाध्याय माधव रेग्मी कृष्णचन्द्र पौडेल दुर्गानिधि शर्मा ज्ञानदर्शन उदास तुलसी सिटौला विश्वप्रकाश पण्डित शारदाप्रसाद त्रिताल तिलकराम शर्मा सुरेशमान श्रेष्ठ र नरेन्द्र दाहाल छन् ।
सचिव सिफारिस भएकामा इन्जिनियरिङ शिक्षा वन परराष्ट्र समूहका एक÷एक जना क्रमशः सिटौला भण्डारी पौडेल भट्टराई छन् बाँकी सबै प्रशासन समूहका हुन् । मन्त्रिपरिषदको अब बस्ने बैठकले बढुवा समितिले सिफारिस गरेका १५ जनामध्येबाट ५ जनालाई सचिवमा बढुवा गरी पदस्थापन गर्नेछ । वन मन्त्रालय उपराष्ट्रपति कार्यालय क्षेत्रीय प्रशासन कार्यालय पूर्वााचल मध्यमााचल र मध्यपश्चिममा विशिष्ट श्रेणी सचिव पद रिक्त छ ।

No comments:

Post a Comment