Wednesday, July 27, 2011

वरियताक्रम मिचेर पाँच सचिव बढुवा

काठमाडौं, ११ साउन- सरकारले वरियताक्रम मिचेर रिक्त पाँच सचिव पदमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले बढुवा समितिद्वारा सिफारिस भएका १५ जनामध्येबाट पाँच जनालाई सचिवमा पदोन्नति गरेको जानकारी सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले जानकारी दिए ।
सचिव बढुवा भएकामा लालमणि जोशी माधव रेग्मी तुलसी सिटौला विश्वप्रकाश पण्डित र सुरेशमान श्रेष्ठ छन् । वरियताक्रममा पहिलो दोस्रो र तेस्रो स्थानमा रहेकालाई समेत बढुवा नगरी सिुफारिस क्रममा पछि रहेका सहसचिवहरुलाई बढुवा गरेको हो । सिफारिस भएका १५ जनाको सूचीमा सचिव बढुवा भएका पाँच जना जोशी चौथो रेग्मी छैटौं सिटौला दसौं पण्डित ११ औं र श्रेष्ठ १४ औं नम्बरमा थिए ।
निजामती ऐनमा रिक्त सचिव पदका लागि बढुवा समिति तेब्बर संख्यामा सिफारिस गर्ने र मन्त्रिपरिषदले सिफारिस भएकामध्येबाट पदोन्नति गर्ने व्यवस्था छ । सचिव सिफारिस भएकामा वरियताक्रमअनुसार क्रमशः अनिलकुमार पाण्डे अर्जुन भण्डारी दुर्गा भट्टराई लालमणि जोशी डा। निराजन उपाध्याय माधव रेग्मी कृष्णचन्द्र पौडेल दुर्गानिधि शर्मा ज्ञानदर्शन उदास तुलसी सिटौला विश्वप्रकाश पण्डित शारदाप्रसाद त्रिताल तिलकराम शर्मा सुरेशमान श्रेष्ठ र नरेन्द्र दाहाल थिए ।
जापानको राजदूतमा भट्टराई
सरकारले जापानको राजदूतमा परराष्ट्र सचिव मदनकुमार भट्टराईको नाम सिफारिस गरेको छ । संसदको सुनुवाइ समितिले अनुमोदन गरेपछि उनी जापानको राजदूत नियुक्त हुनेछन् । ५८ वर्ष उमेर पूरा गरी एक महिनापछि अनिवार्य अवकास पाउन लागेका भट्टराईलाई परराष्ट्र मन्त्री उपेन्द्र यादवको प्रस्तावमा मन्त्रिपरिषदले राजदूत नियुक्त गर्ने निर्णय गरेको हो । जापानका लागि नेपाली राजदूत गणेश योाजन कात्तिकमा म्याद सिकंदैछ ।
विशेष समितिमा ७१९ कर्मचारी थपिने
सरकारले लडाडुको व्यवस्थापन समायोजन र पुनःस्थापन गर्ने विशेष समिति र त्यस मातहतका आयोजनाका लागि ७ सय २९ जनाको अस्थायी दरबन्दी सिर्जना गरेको छ । तुलाधरका अनुसार मन्त्रिपरिषदले सेना समायोजन र पुनःस्थापनाको लागि आवश्यक कार्य गर्न कर्मचारी नियुक्तिका लागि अस्थायी दरबन्दी सिर्जना गरेको हो । यसैगरी महिला विकास तथा लैंगिक समानता कार्यक्रमका लागि २० जना अस्थायी दरबन्दी सिर्जना गरिएको छ ।
दुई महाप्रबन्धक नियुक्त
सरकारले राष्ट्रिय नाचघरको महाप्रबन्धकमा शालिग्राम तिमि_िल्सना तथा फोहोरमैला व्यवस्थापन केन्द्रको कार्यकारी निर्देशकमा डा। सुमित्रा अमात्यलाई चार वर्षका लागि नियुक्त गरेको छ । मन्त्रिपरिषदले नाचघरका महाप्रबन्धक नरेश पौडेललाई हटाएर तिमि_िल्सनालाई नियुक्त गरेको हो भने केन्द्रकी अमात्यको म्याद थपिएको हो ।
विश्व शान्ति उद्यान स्थापना गरिने
मन्त्रिपरिषदले चालू अन्तर्राष्ट्रिय वन वर्षको अवसरमा कास्की जिल्ला पुम्दीभुम्दी-१ मा सरकारको नाममा रहेको रहेको १ सय ६१ हेक्टर वन क्षेत्रमा विश्व शान्ति जैविक विविधता उद्यान स्थापना गर्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment