Saturday, July 9, 2011

दलको नेता विवादले कांग्रेसद्वारा प्रधानमन्त्रीको राजिनामालाई थाँती

कोइरालाले देउवालाई दलको नेता दिने सहमति गरेको खुलासा
बलराम बानियाँ/दुर्गा खनाल
काठमाडौं, २५ असार- कांग्रेसमा संसदीय दलको नेतालाई लिएर भित्रभित्रै सुरु भएको विवादका कारण सभापति सुशील कोइराला र रामचन्द्र पौडेलसहित पार्टीको संस्थापन पक्षले प्रधानमन्त्री झलनाथ खनालको राजिनामाको मुद्दालाई थाँती राखेको छ ।
वरिष्ठ नेता शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिबाट पदाधिकारी अनुमोदन गर्ने दिन सभापति कोइरालासित भएको 'गोप्य सहमति' अनुसार आफूलाई संसदीय दलको नेता बनाउन माग गरेपछि संस्थापन पक्षले प्रधानमन्त्रीको राजिनामाको मुद्दालाई थाँती राखेको हो ।
संविधानसभाको म्याद तीन महिना थप गर्ने क्रममा प्रधानमन्त्रीको राजिनामालाई प्रमुख शर्त बनाएको पार्टी कांग्रेसका सभापति कोइराला र संसदीय दलका नेता पौडेलले हाल गोप्य सहमतिलाई ओझेलमा पार्न अहिले पार्टीको प्राथमिकता सरकार नभई शान्ति प्रकि्रया हो भन्न थालेपछि देउवा पक्ष चिढिएको छ ।
पौडेल संसदीय दलको नेता छाड्न तयार नरहेको र पछिल्लो समय कोइरालासमेत उनलाई छोडाउन तयार नभएपछि काग्रेसमा गम्भीर विवाद उत्पन्न हुने स्थिति देखिएको छ । देउवा पक्षका नेताहरु सहमति कार्यान्वयन गराउन पार्टीमा दबाब दिने रणनीति बनाउन थालेपछि विवाद चर्किने स्थिति उत्पन्न भएको हो ।
विदेश भ्रमणबाट आइतबार सभापति कोइराला स्वदेश फर्किएपछि देउवा पक्षले सहमति कार्यान्वयन गर्न उनलाई दबाब दिने भएको छ । सहमति कार्यान्वयन नगरेमा कोइरालालाई पार्टीमा असहयोग गर्ने संसदीय दलको नेता पौडेलको विरुद्धमा बहुमत जुटाउनेलगायतका रणनीति अख्तियार गर्ने तयारी देउवा पक्षको छ ।
पौडेलले राजिनामा दिएर देउवा सर्वसम्मतिले संसदीय दलको नेता बनेमा उनको नेतृत्वमा माओवादीसहितको सहमतिको सरकार बन्न सक्ने विश्लेषण देउवा पक्षको छ । १७ पटक सम्म प्रधानमन्त्रीको चुनावमा पराजित पौडेललाई सहमतिको सरकारको प्रधानमन्त्रीका रुपमा अरु दलले स्वीकार्न नगर्ने बुझाइ देउवा पक्षको छ ।
पार्टीको केन्द्रीय समितिबाट उपसभापतिमा पौडेल र महामन्त्रीमा कृष्ण सिटौलाको नाम अनुमोदन गराउने बेलामा सभापति कोइरालाले देउवासित उनलाई संसदीय दलका नेता पद दिने गोप्य सहमति गरेको दाबी एक नेताले गरेका छन् । केन्द्रीय समितिमा कोइराला खेमाका केही र देउवा पक्षको विरोध गरेपछि कांग्रेसमा पाँच महिनासम्म पदाधिकारी मनोनयन हुन सकेको थिएन । कोइरालाले देउवासित छबुँदे गोप्य सहमति गरेपछि कांग्रेसको केन्द्रीय समितिले गत वैसाख अन्तिम साता उपसभापतिमा पौडेल र महामन्त्रीमा सिटौलाको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
कोइराला र देउवाबीच गोप्य सहमति गर्दा कांग्रेस महामन्त्री कृष्ण सिटौला पूर्वमहामन्त्री बिमलेन्द्र निधि केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजाल साक्षी बसेका थिए । पदाधिकारी मनोनयनमा कोइराला र देउवाबीच सहमति गराउने प्रयासको सुरुआतमा महामन्त्री प्रकाशमान िसंह नेता डा। रामशरण महत र शशांक कोइरालासमेत सहभागी भएको स्रोतले उल्लेख गरेको छ ।
'सभापति र महामन्त्रीमा थौरै मतले हारेको केन्द्रीय समितिमा झन्डै पचास प्रतिशत सदस्य जितेको पार्टीको सशक्त पक्ष देउवा पक्ष लाई सहमतिमा लिएर पदाधिकारी सर्वसम्मतिले मनोनयन गर्ने हो भने सभापति कोइरालाले पौडेल उपसभापतिमा मनोनयन भएपछि देउवालाई संसदीय दलको नेता दिनुपर्छ भन्ने अडान हामीले राख्यौं त्यसमा कोइराला सहमत हुनुभयो र कोइराला र देउवाबीच छबुँदे सहमति भयो' देउवा पक्षका नाम उल्लेख गर्न नचाहने एक नेताले भने । ती नेताका अनुसार सहमतिलाई लिपिबद्ध भने गरिएको छैन ।
पूर्वमहामन्त्री निधिले पदाधिकारी मनोनयनका बेला कोइराला र देउवाबीच सहमति भएको जानकारी दिए पनि के के विषयमा सहमति भएको हो खुलाउन चाहेनन् । 'पार्टीका नेताहरुबीच पार्टीको आन्तरिक विषयमा सहमति भएको छ । त्यो सहमति गर्नेमध्येको म पनि एउटा हुँ । तर अहिले अखबारलाई सहमतिका बारेमा केही भन्दिन । जो जोबीच सहमति भएको छ त्यसको कार्यान्वयनका लागि अब त्यहीँ कुराकानी हुन्छ' निधिले भने ।
देउवा पक्षका एक नेताले सभापति कोइराला र संसदीय दलका नेता पौडेलले प्रधानमन्त्री खनालको राजिनामा नमागेकामा सार्वजनिक रुपमै रोष प्रकट गरेका छन् । प्रधानमन्त्री खनालले समेत कोइराला र माओवादी अध्यक्ष प्रचण्डले मागेमा तत्काल राजिनामा दिन्छु भन्न थालेका छन् । कोइराला पक्षको संकेतकै आधारमा प्रधानमन्त्रीको यस्तो धारणा आएको विश्लेषण देउवा पक्षको छ ।
'पार्टीभित्र मैले पाँचबुँदे सहमतिअनुसार प्रधानम्न्त्रीको राजिनामा माग्नुपर्छ भनिरहेको छु । अरु धेरै साथीले पनि भनिरहेका छन् । सभापति कोइराला र संसदीय दलका नेता पौडेलले चाहिँ राजिनामा मागिरहनुभएको छैन । उहाँहरुले किन राजिनामा नमाग्नुभएको हो मैले बुझ्न सकेको छैन' निधिले भने । उनले पाँचबुँदे सहमतिअनुसार तत्काल प्रधानमन्त्रीले राजिनामा दिएर सहमतिका लागि बाटो खोलिदिनुपर्ने बताए । 'सहमतिअनुसार प्रधानमन्त्रीले तत्काल रािजनामा गरेर सहमतिका लागि मार्ग प्रशस्त गरिदिने हो मार्ग अवरु¢ गर्ने होइन' उनले भने ।
दुई नेताबीच सहमतिमा साक्षी बसेका एक नेताले दिएको जानकारीअनुसार कोइराला र देउवाबीच पार्टीको संसदीय समिति कार्यसम्पादन समिति विभागको गठन गर्ने भातृ संस्थाका विवाद कार्यदल बनाएर समाधान गर्ने सहमहामन्त्री पद देउवा पक्षलाई दिने समझदारी भएको छ ।

No comments:

Post a Comment