Tuesday, July 12, 2011

बिनाअध्ययन 'ताम्सालिङ चक्रपथ' निर्माण सुरु हुने

माओवादी दबाबमा बजेटमार्फत् २ करोड दिइने
काठमाडौं २८ असार- सरकारले सत्तारुढ माओवादीको दबाबमा पूर्व सम्भाव्यता अध्ययनसमेत नगरिएको 'ताम्सालिङ चक्रपथ' निर्माण कार्य आगामी आर्थिक वर्षदेखि थाल्ने भएको छ ।
भौतिक योजना मन्त्री एवं माओवादीका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले ताम्सािलङ क्षेत्रका आफ्नो पार्टीका नेताको दबाबमा आगामी आर्थिक वर्षको बजेटमा उक्त चक्रपथ सडक निर्माण आयोजना पारेको जानकारी उच्च अधिकारीले दिएका छन् ।
माओवादीद्वारा प्रस्तावित ताम्लासिङ प्रदेशमा पर्ने सात जिल्ला काभ्रे सिन्धुपाल्चोक मकवानपुर धादिङ ललितपुर नुवाकोट र रसुवालाई जोड्ने चक्रपथ निर्माणका लागि आगामी आ।व।sाे बजेटमा २ करोड रुपैयाँ दिने प्रस्ताव गरिएको छ ।
पूर्व सम्भाव्यता अध्ययन तथा सडक कहाँ-कहाँबाट जाने भन्ने रेखांकन एलाइनमेन्ट समेत नभएको प्रस्तावित चक्रपथका लागि दबाबका भरमा जबर्जस्ती बजेट दिनु योजना तर्जुमाको सामान्य सिद्धान्तकै खिलाफ हुने र पैसाको दुरुपयोगसमेत हुने भौतिक योजना तथा निर्माण मन्त्रालयकै अधिकारी बताउँछन् ।
'ताम्सालिङ प्रदेश बन्ने÷नबन्ने कुरा राजनीतिक विवादका रुपमा संविधानसभामा विचाराधीन छ । माओवादीद्वारा प्रस्तावित ताम्सालिङ प्रदेशका नाममा चक्रपथ बनाउन खोज्नु विकासका नाममा राजनीतिमात्र हो । विवादास्पद आयोजनालाई सत्ता परिवर्तन हुनासाथ नयाँ सरकारले निरन्तरता नदिने भएकाले त्यसले ताम्सालिङ क्षेत्रको विकासमा मद्दत पुर् याउँदैन' ती अधिकारीले भने ।
भौतिक योजनाका अधिकारीले अध्ययन नभएकाले उक्त चक्रपथ कति लामो हुने कहाँबाट सुरु भएर कुन कुन विन्दु जोड्छ भन्ने आफूहरुलाई थाहा नभएको बताए । 'पूर्व सम्भाव्यता अध्ययनै भएको छैन । अध्ययन नभएकाले उक्त सडक कति लामो हुन्छ एलाइनमेन्ट कहाँबाट हुन्छ हामीलाई केही थाहा छैन' उनले भने ।
दुई वर्षअघि यो सडकका लागि बजेट नपरे पनि तत्कालीन अर्थमन्त्री डा।बाबुराम भट्टराईको पालामा उक्त क्षेत्रका माओवादी नेताले ताम्सालिङ चक्रपथका लागि भन्दै बिना योजना ५० लाख रुपैयाँ लगेका थिए । उक्त रकमबाट उक्त प्रस्तावित चक्रपथको ठाउँठाउँमा ट्रयाक निर्माण निर्माण कार्य भएको दाबी माओवादीले भौतिक मन्त्रालयमा दाबी गरेको छ । तर उक्त रकमबाट कहाँ कति बाटो खनियो मन्त्रालयलाई कुनै जानकारी छैन । भौतिक योजना मन्त्री आफ्नो पार्टीको भएका बेला माओवादीले जबर्जस्ती बजेटमै 'ताम्सालिङ चक्रपथ' योजना पार्न लागेको हो । बजेटमा नै उक्त चक्रपथ पारिएपछि मन्त्रालयले आगामी आवदेखि त्यसको सम्भाव्यता अध्ययन थाल्ने जानकारी एक अधिकारीले दिए ।

No comments:

Post a Comment