Monday, July 11, 2011

सरकारद्वारा रिक्त पाँच सचिव बढुवाको प्रकि्रया सुरु

काठमाडौं, २७ असार- सरकारले विभिन्न मन्त्रालय र निकायमा रिक्त पाँच सचिव पदपूर्ति गर्न बढुवाको प्रकि्रया सुरु गरेको छ । सरकारले पाँच सचिव बढुवाका लागि सिफारिस गर्न बुधबार बढुवा समितिको बैठक बोलाएर प्रकि्रया सुरु गरेको हो ।
सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पत्र लेखी हाल पाँच सचिव पद रिक्त रहेको उल्लेख गर्दै बढुवा समितिको बैठक गर्न अध्यक्ष सदस्य र विज्ञ तोकिदिन आग्रह गरेको छ ।
हाल वन मन्त्रालय उपराष्ट्रिपतिको कार्यालय तीनवटा क्षेत्रीय प्रशासन कार्यालय पूर्वााचल मध्यमााचल र मध्यपश्चिममा विशिष्ट श्रेणीको अधिकारी सचिव पद रिक्त छ ।
बढुवा समितिमा लोकसेवाका अध्यक्ष या अध्यक्षले तोकेको सदस्य संयोजक अर्का सदस्य र विज्ञ तथा मुख्यसचिव माधव घिमिरे सदस्य र सामान्य प्रशासन सचिव प्रतापकुमार पाठक सदस्यसचिव छन् । लोकसेवाकी कार्यवाहक अध्यक्ष कयोंदेवी यमीले बढुवा समितिको संयोजकमा कृष्ण पोखरेल तथा सदस्यमा टिकादत्त निरौलालाई तोकेकी छन् । विज्ञ तोकिन बाँकी रहेको स्रोतले उल्लेख गरेको छ ।
सरकारले तत्काल सचिव बढुवा गर्न निजामती ऐनअनुसार असार मसान्तभित्र प्रकि्रया सुरु गरेको हो । असारभित्रै प्रकि्रया सुरु गरेपछि साउनमा पनि बढुवा गर्न मिल्छ । असारभित्र प्रकि्रया सुरु नगरेमा सचिव बढुवा गर्न निजामती ऐनअनुसार छ महिना अर्थात् पुस महिनासम्म पर्खनुपर्छ ।
बढुवा समितिले रिक्त पाँच सचिवका लागि निजामती ऐनबमोजिम पाँच वर्ष सेवा अवधि पुगी पदोन्नतिका लागि योग्य सहसचिवहरुमध्येबाट कार्यसम्पादन मूल्यांकन र ज्येष्ठता हेरी बढुवाका लागि तीन तिहाइ अर्थात् १५ जनाको नाम सिफारिस गर्नेछ । समितिबाट सिफारिस हुने १५ जनामध्येबाट सरकारले ५ जनालाई सचिव बढुवा गर्नेछ ।

No comments:

Post a Comment