Friday, July 29, 2011

पशुपतिको जिम्मा मन्त्रीको भतिजोलाई

काठमाडौं, १३ साउन- संस्कृति मन्त्री खगेन्द्र प्रसाईंले मन्त्रालयको वैधानिक प्रकि्रयालाई बेवास्ता गरी पशुपति विकास कोषको सदस्यसचिवमा लक्ष्मी प्रसाईंलाई नियुक्त गरेका छन् । प्रसाईंले अघिल्ला संस्कृतिमन्त्री डा। मिनेन्द्र रिजालका पालामा कोषका सदस्यसचिव नियुक्त सुशील नाहटालाई हटाई नयाँ नियुक्ति गरेका हुन् । नवनियुक्त सदस्यसचिव मन्त्री प्रसाईंका भतिजा हुन् । मन्त्री प्रसाईं नेकपा मालेका नेता हुन् ।
मन्त्री प्रसाईंले मन्त्रालयको नियुक्तिको वैधानिक प्रकि्रयालाई बेवास्ता गरी आफ्नै मन्त्रीको लेटरप्याडमा आफू एक्लैले नियुक्तिको निर्णय गरेका हुन् । मन्त्रालयको प्रशासन शाखाबाट बर्खास्ती र नियुक्तिका लागि टिप्पणी उठाई सचिव हुँदै मन्त्रीकहाँ फाइल पुगेपछि सदर गरेर नियुक्त या बर्खास्ती गर्ने प्रकि्रयाका ठाउँमा प्रसाईंले आफ्नो लेटरप्याडमा नाहटालाई अवकास र प्रसाईंलाई सदस्यसचिव नियुक्तिको निर्णय गरेका हुन् ।
'प्रसाईंको नियुक्तिमा मन्त्रालयको होइन सचिवको लेटरप्याड प्रयोग गरिएको छ' मन्त्रालयको स्रोतले भन्यो । मन्त्रालयकै वैधानिक प्रकि्रयाबाट मन्त्रीको स्वार्थअनुसार नियुक्ति र अवकासको निर्णय हुन सक्थ्यो । 'श्री सचिवज्यू कोषको सदस्यसचिवमा प्रसाईं नियुक्त भएको कुरा राजपत्रमा प्रकाशन गर्नुहुन' भनी मन्त्रीले नियुक्ति निर्णयको बोधार्थसहित पठाएपछिमात्र संस्कृति सचिव मोदराज डोटेलले पशुपति कोषमा सदस्यसचिव फेरिएको थाहा पाएको जानकारी स्रोतले दिएको छ ।

No comments:

Post a Comment