Wednesday, July 13, 2011

संवैधानिक परिषद्को बैठक अनिश्चितकाललाई स्थगित

काठमाडौं, २९ असार- प्रमुख तीन दल माओवादी कांग्रेस र एमालेबीच संवैधानिक निकायमा नियुक्त हुने पदाधिकारीको भागबण्डामा समझदारी हुन नसकेका कारण संवैधानिक परिषदको बुधबार अपराह्न बोलाइएको बैठक स्थगित गरिएको छ । तीन दलको आन्तरिक गृहकार्यका क्रममा भ्रष्टाचार नियन्त्रण र अख्तियारको दुरुपयोगका घटनाको अनुसन्धान तहकिकात गरी मुद्दा दायर गर्ने सबभन्दा महत्वपूर्ण संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख कुन पार्टीको सिफारिसमा नियुक्त हुने भन्ने सवालमा सहमति बन्न नसकेकाले परिषदको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
तीन दलबीच पदाधिकारी नियुक्तिका सम्बन्धमा पूर्व समझदारी बन्न नसक्ता परिषदको बैठक लगातार स्थगित भएको यो तेस्रोपटक हो । अख्तियार महालेखा परिक्षकको कार्यालय निर्वाचन आयोग र लोकसेवा आयोगमा पदाधिकारी रिक्त भएको लामो समय भइसकेको छ । पदाधिकारी नहुँदा संवैधानिक निकायहरुले प्रभावकारी रुपमा कार्य गर्न सकेका छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ुतयारी नपुगेकाले संवैधानिक परिषदको बैठक स्थगित गरिएकोु दाबी गरे । उनले अर्को बैठक प्रधानमन्त्रीले परिषदका सदस्यहरुसित आन्तरिक छलफलपछि बोलाउने जानकारी दिए ।

No comments:

Post a Comment