Sunday, July 10, 2011

जलविद्युत् विकास तथा लगानी कम्पनी स्थापना

तहाचलमा कार्यालय खुल्यो
काठमाडौं, २६ असार- सरकारले जलविद्युत् विकास तथा लगानी कम्पनी लिमिटेड स्थापना गरेको छ । सरकारले कम्पनी ऐनअन्तर्गत अर्थमन्त्रालय मातहतमा रहने गरी कम्पनी रजिस्टरको कार्यालयमा जलविद्युत् विकास तथा लगानी कम्पनी विधिवत दर्ता गरेको हो ।
सरकारले राजधानीको तहाचलस्थित यसअघि नेपाल ट्रष्टको कार्यालय रहेको भवनमा कम्पनीको कार्यालय खोलेको छ । ऊर्जा सचिव अध्यक्ष रहने कम्पनीको साचालक समितिमा अर्थ र कानुन सचिव राष्ट्रबैंकका डेपुटी गभर्नर अर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालय र कानुन मन्त्रालयका एक÷एक सहसचिव सदस्य रहनेछन् ।
ऊर्जा मन्त्रालयले आइतबार पत्र पठाई अर्थ मन्त्रालय महालेखा नियन्त्रकको कार्यालय कानुन मन्त्रालयका सचिवलाई कम्पनीको साचालक समितिमा रहने एक÷एक जना सहसचिव तोकिदिन आग्रह गरेको छ । त्यसैगरी ऊर्जा मन्त्रालयले राष्ट्र बैंकका गभर्नरलाई समेत साचालक समितिमा रहने एक जना डेपुटी गभर्नरको नाम यथाशीघ्र तोकिदिन आग्रह गरेको छ ।
सुरुमा १० अर्ब चुक्ता पूँजी रहने कम्पनीमा सरकारले अर्थ र ऊर्जा मन्त्रालयका नाममा २÷२ अर्ब र कानुन मन्त्रालयका नाममा १ अर्ब गरी ५ अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ । कम्पनीमा कर्मचारी साचय कोष बिमा संस्थान र नागरिक लगानी कोषको एक÷एक अर्ब तथा सर्वसाधारणको शेयर २ अर्ब लगानी गरिनेछ ।

No comments:

Post a Comment