Tuesday, July 26, 2011

प्रधानमन्त्रीद्वारा सहायता बाँड्न थप २५ लाख माग

काठमाडौं, १० साउन- प्रधानमन्त्री झलनाथ खनालले आफूखुसी आर्थिक सहायता वितरण गर्न अर्थमन्त्रालयसित थप २५ लाख रुपैयाँ माग गरेका छन् । पदमा बहाली भएको पाँच महिनामा प्रधानमन्त्री सहायता कोषबाट आफ्नो पार्टी एमालेका नेता तथा कार्यकर्तालाई २५ लाख रुपैयाँ आर्थिक सहायता बाँडेका खनालले हालै अर्थलाई पत्र लेखी थप रकम माग गरेका हुन् । ुप्रधानमन्त्री सहायता कोषु मन्त्रिपरिषदको निर्णयबाट दिइने आर्थिक सहायताभन्दा भिन्नै प्रधानमन्त्रीले आफ्ना प्रमुख स्वकीय सचिवमार्फत् आफू खुसी आर्थिक सहायता बाँड्ने रकम हो ।
प्रधानमन्त्रीले माघ महिनायता कोषबाट आफ्नै पार्टीका नेता-कार्यकर्ताको स्तर हेरेर कम्ती १० हजार र बढीमा ७५ हजार रुपैयाँ आर्थिक सहायता दिने गरेका छन् । विपन्न असहाय र आफ्नो खर्चबाट उपचार गर्न नसक्ने व्यक्तिलाई सहयोग गर्नुपर्ने कोषबाट प्रधानमन्त्रीले बिना औचित्य आफ्ना नेता तथा कार्यकर्तालाई मात्र आर्थिक सहायता बाँड्ने गरेको प्रश्न उठेपछि संसदको सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ ।
समितिले एक वर्षयता मन्त्रिपरिषदबाट वितरित आर्थिक सहायता र प्रधानमन्त्री कोषबाट बाँडिएको रकमको छानबिन सुरु गरेको हो । एक वर्षमा मन्त्रिपरिषदबाट विभिन्न पार्टीका पह्ँचवाला तथा नेता तथा कार्यकर्ताले खोलेका सामाजिक संस्थालाई करिब १० करोड रुपैयाँ बाँडिएको छ ।

No comments:

Post a Comment