Wednesday, July 6, 2011

विश्व बैंकद्वारा करिब सवा पाँच अर्ब सहयोग

काठमाडौं, २२ असार- विश्व बैंकले दुई परियोजनाका लागि ५ अर्ब ३७ करोड ७५ लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ । मन्त्रिपरिषदको बुधबार अपराह्न बसेको बैठकले गरीबी निवारण कोष आयोजनाको दोस्रो चरणका लागि ४ अर्ब ६६ करोड ७ लाख र फुड क्राइसिस ट्रष्ट फन्ड स्थापनाका लागि ७१ करोड ७७ लाख रुपैयाँ अनुदान सहयोग दिने भएको जानकारी सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले दिए । तुलाधरका अनुसार मन्त्रिपरिषदले बैंकको सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
ल्हारक्याल लामा निर्दोष ः छानबिन समिित
सरकारद्वारा पूर्व न्यायाधीश भोला खरेलको संयोजकत्वमा गठित छानबिन समितिले तत्कालीन अर्थराज्यमन्त्री ल्हारक्याल लामा 'निर्दोष' रहेको प्रतिवेदन दिएको छ । मन्त्रिपरिषदले प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको जानकारी तुलाधरले दिए । तुलाधरले प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रिपरिषदले महान्यायाधिवक्ताको कार्यालयमा पठाउने निर्णय गरेको बताए ।
उनका अनुसार छानबिन समितिले लामासित एक÷एक वटामात्र पासपोर्ट र नागरिकता रहेको प्रतिवेदन दिएको छ । लामासित नेपाल र भारतको पासपोर्ट र नागरिकता र तिब्बती शरणाथीैको परिचयपत्रसमेत भएको प्रश्न उठेपछि उनले अर्थराज्यमन्त्रीबाट राजिनामा दिएका थिए भने मन्त्रिपरिषदले उनीमाथि छानबिन गर्न समिति गठन गरेको हो ।
कायस्थको ऋण मिनाहा
सरकारले जनआन्दोलन-२०६२÷६३ मा गम्भीर घाइते भई बोल्न र चल्नसमेत नसक्ने गरी अशक्त भएका काभ्रेका मुकश कायस्थका बाबुले कृषि विकास बैंकबाट लिएको ७ लाख रुपैयाँ ऋण र ब्याजसमेत मिनाहा गरेको छ ।
पत्रकार महासंघलगायतलाई अनुदान
सरकारले नेपाल पत्रकार महासंघसहित साचारसँग सम्बन्धित संघसंस्थालाई ३७ लाख ५० हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । तुलाधरका अनुसार पत्रकार महासंघलाई १५ लाख नेपाल छापा माध्यम साजाललाई ४ लाख नेपाल प्रेस युनियन प्रेस चौतारी क्रान्तिकारी पत्रकार संघलाई साढे २ लाख रुपैयाँका दरले अनुदान दिएको छ ।

No comments:

Post a Comment