Thursday, July 21, 2011

पत्रकारलाई िसंहदरबार प्रवेशमा अवरोध गरिएकामा सभामुखद्वारा प्रधानमन्त्रीसमक्ष आपत्ति

सुरक्षा संवेदनशीलतालाई हेरेर प्रवेशमा रोक लगाइएको गृहको दाबी

काठमाडौं, ५ साउन- सरकारले समाचार संकलनार्थ गएका पत्रकारहरुलाई मुलुकको प्रमुख प्रशासनिक केन्द्र िसंहदरबार प्रवेशमा तीन दिनदेख अवरोध पुर् याइरहेका सभामुख सुवास नेम्वाङले विरोध जनाएका छन् ।
सभामुखले बिहीबार दिउँसो प्रधानमन्त्री झलनाथ खनाललाई भेटी पत्रकारलाई कसको आदेशमा दिनहुँ िसंहदरबार प्रवेशमा अवरोध पुर् याइएको हो भन्ने प्रश्न गर्दै विरोध जनाएका हुन् । उनले पत्रकारलाई पहिलाजस्तै निर्वाध रुपमा िसंहदरबार प्रवेश गर्न दिन आग्रह गरेका थिए ।
उनले पत्रकार प्रवेशमा गरिएको अवरोधले संसदका विभिन्न समितिको बैठकको समाचार प्रवाहमा अवरोध पुगेको जनताको सुसूचित हुने हक कुण्ठित भएको र त्यसले संसदका कामकारबाहीसमेत प्रभावित भएको भन्दै प्रधानमन्त्रीसमक्ष असन्तुष्टि प्रकट गरेका थिए । उनले संविधानसभा सचिवालयद्वारा जारी प्रवेश पासमा आएका साचारकर्मीलाई िसंहदरबारमा सरकारले अवरोध गर्दा ठीक नभएको टिप्पणीसमेत गरेका थिए ।
'संहदरबार प्रवेशमा पत्रकारलाई अवरोध गिरंदा संसदका कामकारबाही प्रभावित भएका छन् आजै चार÷पाँचवटा समितिको बैठक थिए तिनको समाचार संकलनका लागि पत्रकार आउन पाएनन् । पत्रकारलाई सूचनाको पहुँच पाउनबाट अवरोध पुर् याउने कार्य ठीक भएन' भन्दै सभामुखले भने 'मैले प्रधानमन्त्रीलाई संसदको पासमा आएका पत्रकारलाई समेत किन रोक्नुभएको हो भनेरसमेत सोधें ।' िसंहदरबारको दक्षिणी गेटमा परिचालित प्रहरीले 'गृह मन्त्रालयको जाान नदिनू भन्ने आदेश छ' भन्दै तीन दिनदेखि पत्रकारलाई िसंहदरबार प्रवेशमा अवरोध पुर् याउने गरेका छन् । हातमा क्यामेरा र रेकर्डर बोकेर पुगेका साचारकर्मीहरु दिनहुँ िसंहदरबारको दक्षिणी गेट अगाडिको मूल सडकमा घाम धुलो झेल्न र कहिले पानीमा रुझ्न विवश हुने गरेका छन् ।
प्रत्युत्तरमा प्रधानमन्त्रीले िसंहदरबारमा पत्रकार प्रवेशमा लगाइएको रोकबारे आफूलाई थाहा नभएको उल्लेख गर्दै अब अवरोध हुन नदिने आश्वासन सभामुखलाई दिएका थिए ।

सरकारले बजेट भाषणमार्फत ४२ प्रतिशतसम्म तलब बृद्धि गर्दा पनि अपुग भएको भन्दै माओवादी समर्थित कर्मचारी तथा सहायक तथा सवारी चालकहरुको संगठनले आन्दोलन सुरु गरी दिनहुँ िसंहदरबार परिसरमा जुलुस र धर्ना बस्न थालेका छन् । िसंहदरबारभित्र भएको कर्मचारी आन्दोलनको समाचार बाहिर आउन नपाओस् भनेर सरकारले पत्रकारलाई प्रवेशमा रोक लगाएको हो ।
गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवं प्रवक्ता सुधीर शाहले भने िसंहदबारभित्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर पत्रकारहरुको प्रवेशमा रोक लगाइएको बताए । 'तलव वृद्धिको कुरालाई लिएर विरोध प्रदर्शनमा उत्रिएका कर्मचारीलाई प्रहरीले नियन्त्रण गरेपछि बाहिरबाट पनि थप आन्दोलनकारी आउन खोजेु उनले भने- ुसुरक्षा संवेदनशीलतालाई हेरेर गृह मन्त्रालयका तर्फबाट मैले नै कसैलाई पनि िसंहदरवार प्रवेश गर्न नदिन आदेश दिएको हुँ ।' सुरक्षा संवेदनशीलताका कारण अपि्रय भए पनि मन्त्रालयले सही निर्णय लिएको शाहको दाबी छ । 'सुरक्षा संवेदनशीलतालाई हेर्दा हामीले गरेको काम ठीक छ' उनले भने- 'अधिकारको कुरा गर्दा जुनसुकै वेला प्रवेश पाउनुपर्छ भन्ने पत्रकारको भनाइ ठिक होला ।' िसंहदरबारमा अपराह्न २ बजेपछिमात्र भेटघाट सुरु हुने नियम रहेको उल्लेख गर्दै उनले दिउँसो १ बजेपछि पत्रकारलाई प्रवेश गर्न दिइएको उनले बताए ।
यसैबीच पत्रकार महासंघ र संसदीय मामिला पत्रकार समाजले बिहीबार विज्ञप्ति जारी गरी िसंहदरबारमा साचारकर्मीको प्रवेशमा पुर् याइएको अवरोधको भत्सर्ना गर्दै साचारकर्मीलाई सरकारको केन्द्रीय सचिवालयमा निर्वाध रुपमा प्रवेश गर्न तथा समाचार संकलन गर्न दिन माग गरेका छन् ।

No comments:

Post a Comment