Wednesday, July 6, 2011

राणा नेपाली सेनाको रथीमा बढुवा

काठमाडौं, २२ असार- सरकारले नेपाली सेनाका उपरथी गौरवसमसेर राणालाई रथीमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बुधबार अपराह्न बसेको बैठकले जंगी अड्डाको सिफारिसमा राणालाई रथीमा बढुवा गरेको हो ।
रथीमा बढुवा भएका राणालाई नेपाली सेनाको बलाध्यक्षको जिम्मेवारी दिइएको जानकारी सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले दिए । जंगा अड्डामा बलाध्यक्ष सेनापतिपछिको दोस्रो ठूलो पद हो । अर्का उपरथी नेपाल भुषण चन्दलाई पनि रथीमा बढुवा गर्ने चर्चा चले पनि राणाको मात्र पदोन्नति गरिएको हो ।
जंगी अड्डाले पहिलो चरणमा राणाको मात्र बढुवा गर्न सिफारिस गरेकाले एक जनाको मात्र पदोन्नति भएको हो । राणा आफू सरहका उपरथीलाई पछि पार्दै रथीमा बढुवा भएका कारण प्रधान सेनापति छत्रमानिसंह गुरुङको दुई वर्षपछि पदावधि सकिएपछि उनी नेपाली सेनाको प्रमुख हुने बाटो खुलेको छ ।
अघिल्लो महिना रथी पवनजंग थापा केही दिनअघि तोरणजंगबहादुर िसंहले अवकास पाएपछि सेनामा दुई रथी पद रिक्त थिए । चन्दलाई केही दिनपछि रथीमा बढुवा गर्न सिफारिस गरिने जानकारी जंगी अड्डाको स्रोतले दिएको छ । यसैबीच पूर्व सहायक रथी श्याम थापा मगरलाई नेपाल सेवा दलको सल्लाहकारमा नियुक्त गरेको छ ।

No comments:

Post a Comment