Wednesday, July 13, 2011

चन्द रथीमा बढुवा

काठमाडौं, २९ असार- सरकारले नेपाली सेनाका उपरथी नेपालभुषण चन्दलाई रथीमा बढुवा गरेको छ । अर्का उपरथी गौरवसमसेर राणालाई रथीमा बढुवा गरेको एक सातापछि चन्दलाई समेत रथीमा बढुवा गरेको हो ।
जंगी अड्डा हुँदै रक्षा मन्त्रालय गरेको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार अपराह्न बसेको बैठकले चन्दलाई रथीमा बढुवा गरी बलाधिकृतको जिम्मेवारी दिएको जानकारी रक्षा मन्त्री विष्णु पौडेलले जानकारी दिए । एक साताअघि रथीमा बढुवा भएका राणालाई बलाध्यक्षको जिम्मेवारी दिइएको छ ।
रथी पवनजंग थापाले अघिल्लो महिना नै अनिवार्य अवकास पाई पद रिक्त भए पनि उनको ठाउँमा राणालाई बढुवा गर्न प्रधान सेनापति छत्रमानिसंह गुरुङले रक्षा मन्त्रालयमा सिफारिस नपठाएर ढिलाइ गरेका थिए । केही दिनअघिमात्र अर्का रथी तोरणजंगबहादुर िसंहले अनिवार्य अवकास पाई दुई पद रिक्त भएपछिमात्र गुरुङले जंगी अड्डाबाट राणा र चन्दलाई एक साथ बढुवा गर्न रक्षा मन्त्रालयमा प्रस्ताव गरेका थिए ।
पहिल्यै रिक्त भएको पदमा बढुवा नगरी चन्दलाई राणासरह नै भावी प्रधान सेनापतिको दाबेदार बनाउन गुरुङले दुवैलाई एक साथ पदोन्नति गर्न रक्षा मन्त्रालयमा प्रस्ताव गरेका थिए । तर मन्त्रालयले गुरुङको 'गल्ती' लाई करेक्सन गरी पहिला राणा र एक सातापछि चन्दलाई बढुवा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गरेको र त्यहीअनुसार निर्णय भएको जानकारी रक्षा मन्त्रालयका अधिकारीले दिए ।
राणा र चन्द रथीमा बढुवा भएपछि तीन उपरथी पद रिक्त भएका छन् । जेठ १ मा उपरथी अनिलजंग थापाले अनिवार्य अवकास पाएपछि यसअघि नै एक पद रिक्त थियो ।

No comments:

Post a Comment