Tuesday, January 8, 2019

जेब्राक्रसमा ठक्कर दिंदा एकको मृत्यु, चार घाइते

काठमाडौं, २३ पुस– राजधानीको सामाखुशी चोक नजिक जेब्राक्रसमा बाटो काटिरहेका पदयात्रीहरूलाई माइक्रो बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
महागनगरीय प्रहरी वृत्त, महाराजगन्जका अनुसार मृत्यु हुनेमा धुम्बाराहीकी ६० वर्षीया सीता दाहाल छिन् । गम्भीर घाइते दाहालको उपचारका लागि नजिकैको अल नेपाल अस्पताल लग्ने क्रममा मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
मोइक्रम बसको ठक्करबाट सपना राई, सुशील अधिकारी, सरिता अधिकारी र लक्ष्मी सापकोटा घाइते भएका छन् । प्रहरीका अनुसार लक्ष्मीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ भने बा“की तीन जनाको अल नेपाल अस्पतालमै उपचार भइरहेको छ ।  जेब्राक्रसमा तीव्र गतिमा माइक्रो बस आउ“दा दुर्घटनाको भएको घाइतेले बताएका छन् ।
‘हामी सडक क्रस गर्दै थियौं । एउटा बस आयो । त्यो कटेपछि एक्कासि माइक्रो हुत्तिएर आयो । जेब्राक्रसमा हामीलाई ठक्कर दिएर लडायो’ घाइते सुशील अधिकारीको भनाइ उद्धृत गर्दै महाराजगन्ज वृत्तका प्रहरीले भने । प्रहरीले दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले माइक्रोबस र त्यसका चालकलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त, महाराजगन्जमा राखेको छ ।

No comments:

Post a Comment