Tuesday, January 22, 2019

मर्यादाक्रमप्रति अख्तियारको पनि असन्तुष्टि

काठमाडौं, ७ माघ– सरकारले हालै हेरफेर गरेको नयाँ मर्यादाक्रमप्रति अर्को संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत असन्तुष्टि जनाएको छ । अख्तियारको सोबार सोमबार बसेको बैठकले संवैधानिक पदाधिकारीहरूको मर्यादाक्रम विगतमा भन्दा तल राखिएको भन्दै त्यसलाई पुनरावलोकन गर्न माग गरेको छ ।
मानव अधिकार आयोग, लोकसेवा आयोग र निर्वाचन आयोगले विज्ञप्ति नै जारी गरी यसअघि नै मर्यादाक्रमप्रति असन्तुष्टि प्रकट गरिसकेका छन् । अख्तियारले सोमबार विज्ञप्ति जारी गरी संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने कतिपय बैठकमा सदस्य रहने पदाधिकारीहरूको मर्यादाक्रम संवैधानिक पदाधिकारीको भन्दा माथि रहेकाले कार्य सम्पादन प्रक्रिया तथा बैठक सञ्चालन प्रभावित हुने चिन्ता व्यक्त गरेको छ ।
अख्तियारले संवैधानिक पदाधिकारीको मनोबलमा समेत असर पर्ने भएकाले मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानुन, पदबाट सम्पादन हुने कार्य र गरिमासमेतलाई आधार मानेर संवैधानिक निकायका आयुक्त एवं सदस्यहरुको मर्यादाक्रम साविकको जस्तै संवैधानिक प्रमुखहरूको लगत्तैपछि राख्न अख्तियारले माग गरेको छ।
संवैधानिक निकायका सदस्य र आयुक्तहरूको मर्यादाक्रम सरकारी सेवाका विशिष्ट श्रेणीका अधिकृत (मुख्यसचिव र प्रधान सेनापति) भन्दा दुई तल राखिएपछि अख्तियार, लोकसेवा, निर्वाचन, मानव अधिकार आयोग असन्तुष्ट भएका हुन् ।

No comments:

Post a Comment