Friday, January 18, 2019

पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा

काठमाडौं, २ माघ– विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक बिक्रम पाण्डेलाई ४ करोड रुपैया“ धरौटीमा रिहा गरेको छ । सिक्टा सिंचाइ आयोजनाको नहर निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे धरौटीमा रिहा भएका हुन् ।
अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले बुधबार पाण्डेसित ४ करोड धरौटी माग्ने निर्णय गरेको हो । पाण्डेले रकम नबुझाए पनि ग्लोबल आईएमई बैंकको ग्यारेन्टी पत्र राखेर धरौटीमा छुटेको जानकारी अदालत स्रोतले दिएको छ ।
विशेष अदालतले अख्तियारको ‘फरार’ सूचीमा रहेका पाण्डेलाई अदालतमा हाजिर हुन १५ दिनको म्याद जारी गरेको थियो । उनी म्यादभित्रै बुधबार अदालतमा हाजिर भएका हुन् । सिक्टा सिंचाइ आयोजनाको नहर निर्माण गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले गत मंसिर २१ मा कालिका कन्स्ट्रक्सनका मालिक पाण्डेसहित सिक्टा सिंचाइ आयोजनाका अधिकारीहरू विरुद्ध मुद्दा दायर गरेको थियो ।
अख्तियारले अभियोगपत्रमा पाण्डेलाई दुई वर्ष कैद सजाय र २ अर्ब १३ करोड ७६ लाख ८० हजार रुपैया“ बिगो मागदाबी गरेको छ । सीटीसीई कालिका कन्ट्रक्सन जेभीले सिक्टा सिचाई आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माणको ठेक्का ६ अर्ब रुपैया“मा लिएको थियो । गुणस्तरहीन निर्माणका कारण नहरमा अहिलेसम्म गरिएको लगानी शून्य अवस्थामा पुगेको ठहर अख्तियारको छ ।


No comments:

Post a Comment