Saturday, January 5, 2019

फोरमद्वारा सुशासनको प्रत्याभूति गराउन प्रधानमन्त्रीलाई ज्ञापन

संविधान संशोधन प्रक्रिया अघि बढाउन माग
काठमाडौं, २१ पुस– सत्तारूढ संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष हुन लाग्दा पनि मुलुकमा बढो अराजकता, ढिलासुस्ती, कमिसनतन्त्र, भ्रष्टाचार र अनियमितता नियन्त्रण हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ ।
उपप्रधानमन्त्री उपेन्द्र यादव अध्यक्ष रहेको सत्ता साझेदार दल फोरमले शनिबार प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाउ“दै आम जनतालाई सामाजिक न्याय र सुशासनको प्रत्याभूति गराउन आग्रह गरेको छ । फोरमका यादवसहितका नेताले प्रधानमन्त्रीलाई भेटी ध्यानाकर्षणपत्र दिएका हुन् ।
‘मुलुकमा बढो अराजकता, ढिलासुस्ती, कमिशनतन्त्र, भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गरी जनतालाई सामाजिक न्याय र सुशासनको प्रत्याभूति गराउन ध्यानाकर्षण गराउ“दछौं’ फोरमले प्रधानमन्त्री ओलीलाई बुझाएको ध्यानाकर्षणपत्रमा छ ।
फोरमले दुई तिहाइ बहुमतको सरकार बनेको एक वर्ष हुन लाग्दा पनि आमजनताले प्रत्यक्ष अनुभुति गर्न नपाएको उल्लेख गर्दै त्यसको समिक्षा गर्नसमेत माग गरेको छ । ‘सरकार गठन भएको लगभग १ वर्ष हुन लागेको अवस्थामा पनि त्यसको प्रत्यक्ष अनुभूति नेपाली जनताले पाउनु पथ्र्यो, त्यो किन हुन सकेन ? त्यसको पनि विश्लेषण र समिक्षा हुनु पर्छ ।’
फोरमले ध्यानाकर्षणपत्रमा संसदको चालू अधिवेशनमा नै पारित गर्ने गरी संविधान संशोधन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री आलीलाई दबाब दिएको छ । फोरमले आफ्नो पार्टीसित भएको सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया अघि नबढाएकामा चिन्ता व्यक्त गरेको छ । गत वैशाखमा सत्तारूढ नेकपासित संविधान संशोधन गर्नेसहितका तीनबु“दे सहमति गरी फोरम सरकारमा सहभागी भएको हो । फोरमले मधेसी जनताको चाहनाअनुसार संशोधन हुनुपर्ने माग गर्दै आएको छ ।
‘संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरण र राष्ट्रिय पहिचानको मान्यता, राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्न र राष्ट्रिय समस्याहरूलाई हल गर्नका लागि संविधान संशोधन गर्न आवश्यक गृहकार्य गरी संसदको यसै सत्रमा विधेयक पारित गराउन ध्यानाकर्षण गराउ“दछौं’ ध्यानाकर्षणपत्रमा छ ।


No comments:

Post a Comment