Friday, January 11, 2019

मातृभूमिमाथि घातप्रतिघातका काला बादल : पूर्व राजा

काठमाडौं, २६ पुस– पूर्वराजा ज्ञानेन्द शाहले राष्ट्र एकीकरणका नायक पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनुरूपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको दाबी गरेका छन् ।
शाहले पृथ्वी नारायणको २ सय ९७ औं जन्मजयन्तीको पूर्वसन्ध्यामा बिहीबार वक्तव्य जारी सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सदभावलाई क्षति पु¥याउने अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्नेजस्ता कार्य कुनै वाद र विचारका आडमा गर्न नहुने उल्लेख गरेका छन् ।
‘नेपाल चार वर्ण छत्तीस जातको फूलबारी हो, मेरा साना दुःखले आज्र्याको मुलुक होइन। सबैलाई चेतना भया भन्ने दिव्य उपदेशको मर्म अनुरूपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ’ वक्तव्यमा शाहले भनेका छन्– ‘एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै वाद र विचार हुन सक्दैन । नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पु¥याउने अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्नेजस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हु“दैन भन्ने मेरो मान्यता रहेको छ ।’
उनले वक्तव्यमा नेपाल रह“दामात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसाथ गर्दै राष्ट्र निर्माता पुथ्वीनारायणको पदचापमा हिडने प्रेरणा सबै नेपालीलाई प्राप्त हुने विश्वास गरेका छन् । ‘राष्ट्रको सबभन्दा महत्वपूर्ण क्षण राष्ट्र निर्माणकै दिन हो । राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर विरांगना एवं सपुतहरूको उत्सर्ग हामी कहिल्यै भुल्न सक्दैनौं । भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्र“दै छ, यसले दिव्य उपदेशको औचित्य स्मरण गराइरहेको छ ।’


No comments:

Post a Comment