Friday, January 4, 2019

चौधरीलाई सपथ कानुनी शासनको उपहास : कांग्रेस

काठमाडौं, १९ पुस– प्रमुख प्रतिपक्षी कांग्रेसले टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई सरकारको पहलमा गराइएको सपथलाई ‘गोरखा दक्षिण बाहु’ को संज्ञा दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पुर्पक्षका लागि थुनामा रहेका चौधरीलाई सरकारले सांसद पदको सपथ गराएर ‘गोरखा दक्षिण बाहु’ पदकले सम्मानित गरेको उल्लेख गरेका छन् ।
उनले बिहीबार ट्वीट गर्दै लेखेका छन्– ‘केपी कमरेड (प्रधानमन्त्री केपी ओली) को रामराज्यमा कञ्चनपुरकी बालिकाले न्याय पाइनन्, कैलालीका अधबैंसे गोदबा थाप्दैछन् । हिजोको भाषण र आजको सुशासनबीच नाता सकियो ।’ उनले ट्वीटमा प्रधानमन्त्री ओलीप्रति व्यंग्य गर्दै मयुरको नक्कली प्वा“ख क्रमशः झर्दै गएको टिप्पणी गरेका छन् ।
शर्माले ट्वीटमा ‘प्रधानमन्त्रीलाई टीकापुर घटनामा हत्या गरिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, डेढ वर्षिय बालक टेकेन्द्र साउदस“गै आक्रमणकारीको निसाना बनेका प्रहरी जवानहरु र आफ्नै शब्द सम्झनाले पोल्दैन ?’ भन्ने प्रश्नसमेत गरेका छन् ।

२०७२ भदौ ७ मा टीकापुरमा थारुहट–थारुवान संयुक्त संघर्ष समितिको आन्दोलन हिंसात्मक हुँदा एसएसपी न्यौपानेसहित ७ सुरक्षाकर्मी र दुधे बालकको ज्यान गएको थियो । 

No comments:

Post a Comment