Saturday, January 5, 2019

कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्न आदेश

मापदण्डविपरीतका संरचना भत्काउन निर्देशन
काठमाडौं, २१ पुस– सर्वोच्च अदालतले राजधानीको वसन्तपुर दरबार स्क्वायरमा रहेको ऐतिहासिक मल्लकालीन कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी स्थानीयलाई पूजापाठको व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले महर्जन बिजनेस एसोसिएट्सले वसन्तपुरमा बनाइरहेको भवन पुरातात्विक मापदण्डविपरीत रहेको ठहर गर्दै त्यसको बेसमेन्ट पुर्नसमेत सरकारलाई आदेश दिएको छ ।
न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले शुक्रबार महर्जन बिजनेस एसोसिएट्सले बनाएको भवनको बेसमेन्टमा रहेको मल्लकालीन कुमारीको मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गर्न आदेश दिएको हो।आदेशमा मल्लकालीन ऐतिहासिक कुमारीको मन्दिरलाई पूर्वावस्थामा ल्याई पूजापाठ गर्ने व्यवस्था मिलाउन र मापदण्डविपरीत बनेका भवनको बेसमेन्ट पुर्न लगाउन सरकारलाई निर्देशन दिइएको छ।सर्वोच्चले ऐन र पुरातात्विक मापदण्डविपरीत निर्माण भइरहेका संरचना भत्काउन लगाउन एवं कानुन विपरीत काम गर्ने कर्मचारीलाई कारबाही गर्नसमेत आदेश दिएको छ । पुरातत्व विभागले समेत काठमाडौं महानगरपालिकालाई वसन्तपुरमा पुरातात्विक मापण्डविपरीत निर्माणाधीन भवनको निर्माण कार्य रोक्न बारम्बार निर्देशन दिइरहेको छ ।

No comments:

Post a Comment