Sunday, January 13, 2019

प्रधानमन्त्री ओली स्वीटजरल्यान्ड जाँदै

उतैबाट फ्रान्स जाने
काठमाडौं, २९ पुस– प्रधानमन्त्री केपी ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जाने भएका छन् । उनी वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड जान लागेका हुन ्।
प्रधानमन्त्री माघ ६ मा स्वीटजरल्यान्ड जाने कार्यक्रम छ ।  फोरमको वार्षिक बैठक जनवरी २२ देखि २५ (माघ ८ देखि माघ ११) सम्म स्वीट्जरल्याण्डको डावोसमा हुने कार्यक्रम छ ।
प्रधानमन्त्रीको साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईसहित १९ जना स्वीटजरल्यान्ड जा“दै छन् ।
बैठकमा प्रधानमन्त्री ओलीले ‘स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’ सत्रको छलफलमा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले ‘बिओन्ड दी जीडीपी’ सेसनमा समेत सहभागी हुने जानकारी परराष्ट्र मन्त्रालय स्रोतले दिएको छ । बैठकमा विश्वका धेरैजसो मुलुकका राष्ट्रप्रमुख या सरकार प्रमुख सहभागी हुनेछन् ।
स्रोतका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न दातृ मुलुकका सरकार प्रमुखसित या विदेशमन्त्रीसित साइडलाइन भेटवार्ता गर्ने कार्यक्रमसमेत छ । प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डका राष्ट्रपति वेली माउरासित समेत भेटवार्ताको तयारी भइरहेको छ ।
यसैबीच ओली स्वीट्जरल्यान्ड भ्रमण सकेर फ्रान्स जाने कार्यक्रमसमेत तय भएको जानकारी प्रधानमन्त्रीका एक सल्लाहकारले दिएका छन् । प्रधानमन्त्रीको फ्रान्स भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ । नेपाल र फ्रान्सले यसै वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगा“ठ मनाउ“दै छन् ।  फ्रान्सका युरोप मामिला तथा विदेश मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तानको नेपाल भ्रमणका क्रममा गत पुस २५ मा कूटनीतिक सम्बन्धको वर्षगा“ठ मनाउने क्रममा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदान प्रदान गर्ने सहमति भएको थियो ।

No comments:

Post a Comment