Thursday, January 10, 2019

बीपी संग्रहालय र पुष्पलालको जन्मघर संरक्षण गर्न माग

काठमाडौं, २५ पुस– राष्ट्रियसभामा सांसदहरूले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको संग्रहालय र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मघरको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभामा विशेष समय लिएर बोल्दै नेकपाका सांसद दीनानाथ शर्माले सुन्दरीजलमा रहेको बीपी संग्रहालय कुनै व्यवस्थित नभएको र पुष्पलालको जन्मस्थल रामेछापको भँगेरीस्थित घरसमेत भूकम्पले भत्किएपछि पुनःनिर्माण नभएकोप्रति ध्यान दिन सरकारलाई आग्रह गरे ।
सांसद शर्माले पुष्पलालको भत्किएको घर निर्माण गरी संग्रहालयका रूपमा विकास गर्न सरकारले ध्यान नदिएकोमा भागेरीबासी निकै दुःखी रहेको आफूले पाएको बताए ।
उनले चित्रकारले कु“देको पुष्पलाल र सहिद गंगालाल श्रेष्ठको चित्र त्यतिकै भुइ“मा राखिंदा पुष्पलालजस्तो नेतालाई सबभन्दा ठूलो उपेक्षा भएको आफूले महसुस गरेको उल्लेख गरे । ‘राज्यले महत्वपूर्ण व्यक्तित्वहरूको इतिहास जोडिएका ठाउ“को संरक्षण र विकासमा ध्यान दिनुपर्छ’ उनले भने ।
कांग्रेस सांसद रमेशजंग रायमाझीले वाइड बडी विमान खरिद प्रकरणमा सार्वजनिक लेखा समितिले नै दोषी देखाएकाले संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले राजिनामा दिनुपर्ने माग गरेका छन् । उनले खरिद प्रकरणको निष्पक्ष छानबिनका लागि मन्त्री अधिकारीले राजिनामा दिनुपर्ने तर्क उनको थियो ।


No comments:

Post a Comment