Thursday, January 3, 2019

प्रस्तावित ५ राजदूतको सुनुवाइको प्रक्रिया सुरु

काठमाडौं, १८ पुस– संघीय संसदको सुनुवाइ समितिले बुधबार प्रस्तावित ५ राजदूतको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । समितिको बुधबार बसेको बैठकले सुनुवाइको प्रक्रिया सुरु गरी प्रस्तावित ५ जनाका बारेमा बिहीबारदेखि १० दिनभित्र उजुरी दिन सार्वजनिक आह्वान गरेको छ ।
 मन्त्रिपरिषदले पुस ६ मा परराष्ट्र मन्त्रालयका सहसचिवहरू दीपक अधिकारी (फ्रान्स), दुर्गाप्रसाद भण्डारी (कुवेत), भृगु ढुंगाना (क्यानाडा), गणेशप्रसाद ढकाल (थाइल्यान्ड) र मणिप्रसाद भट्टराई (जेनेभास्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोग) लाई राजदूत सिफारिस गरी सुनुवाइका लागि संसदमा नाम पठाएको थियो ।
१० दिनपछि समितिले प्राप्त हुने उजुरीको अध्ययन र उजुरीकर्तालाई बोलाएर छलफल गर्नेछ । त्यसपछि समितिले पा“चै जनासित उनीहरूको कार्ययोजना, उजुरीको जवाफ र सांसदहरूले राख्ने जिज्ञासाको उत्तर सुनेपछि अनुमोदन गर्ने÷निर्णय गर्नेछ । 
समितिले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले उनीहरूको नाम सम्बन्धित देशमा एग्रिमाका लागि पठाउनेछ । एग्रिमा आएपछि राष्ट्रपतिले उनीहरूलाई राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


No comments:

Post a Comment