Friday, January 25, 2019

सेनाको भवनको पहिलोपटक नक्सापास

काठमाडौं, ९ माघ– नेपाली सेनाले काठमाडौंको महांकालस्थित त्रिभुवन–चन्द्र (त्रिचन्द्र) सैनिक अस्पताल भत्काएर बनाएको नयाँ भवनको नक्सा पास गराएको छ । सेनाले गत साता ५८ लाख रुपैया“ काठमाडौं महानगरमा राजस्व बुझाएर भवनको नक्सा पास गराएको हो ।
‘सेनाले गत साता ५८ लाख राजस्व तिरेपछि महानगरले भवनको नक्सा पास गरिदिएको छ’ महानगर स्रोतले  ‘सरकारी भौतिक संरचनालाई दिन सकिने छुट दिएर बा“की राजस्व असुलेर नक्सा पास गरेका हौ।’
महानगरले सेनालाई भवन निर्माण सम्पन्नको प्रमाणपत्रसमेत दिएको छ । सेनाको यो नक्सापासयुक्त पहिलो भवन हो । सेनाले आफ्नो र व्यापारिक प्रयोजनका लागि बनाएका बा“की कुनै पनि भवनको नक्सा पास गरेको छैन ।
९० वर्ष लामो इतिहास बोकेको सेनाको यो अस्पताल भवन प्रथम विश्वयुद्धपछि बेलायत सरकारको सहयोगमा बनेको हो । घाइते सैनिकको उपचारका लागि यो अस्पताल भवन बनाइएको हो । भूकम्पले भवन चर्केपछि भत्काएर त्यही स्वरूपमा अर्को ठूलो भवन बनाइएको हो ।भवन निर्माण सुरुदेखि विवादमा परेको थियो । पुरानो भवन भएकाले पुरातात्विक दृष्टकोणले भत्काउन नहुने तर्क पुरातत्व विभागको थियो । सेनाले भने पुरातत्वस“ग कुनै सम्पर्क नगरी भवन भत्काएर नया“ बनाएको हो ।

No comments:

Post a Comment