Thursday, January 10, 2019

सहसचिव श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

१ करोड ३४ लाख अवैध आर्जन
काठमाडौं, २५ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पदको दुरुपयोग गरी श्रेष्ठले अवैध (स्रोत नखुलेको) सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनी यातायात व्यवस्था विभागको महानिर्देशकसहित विभिन्न ‘कमाउ’ अडडासमेत कार्यरत थिए । मुद्दा दायर भएस“गै श्रेष्ठ निलम्बित भएका छन् ।
अख्तियारका अनुसार श्रेष्ठस“ग १ करोड ३४ लाख ५ सय ७६ बराबरको सम्पत्ति अवैध रहेको अनुसन्धानका क्रममा फेला परेको छ । श्रेष्ठले के–कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुरा पुष्टि गर्न नसकेकाले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको हो ।  अख्तियारले श्रेष्ठको स्रोत नखुलेको सम्पत्ति उनकी श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठीकी भगवती योगीको नाममा समेत राखेको पाइएको उल्लेख गर्दै उनीहरूलाई समेत भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाएको छ ।
सहसचिव श्रेष्ठले २०३८ माघ २८ देखि जा“च अवधिसम्म २ करोड १० लाख ७७ हजार रुपैया“ बराबरको सम्पत्ति आर्जन गरेको पाइएको छ । उक्त अवधिमा श्रेष्ठ र उनको परिवारका सदस्यको चल÷अचल सम्पत्ति तथा सवारी खरिद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैंक मौज्दातलगायतका शीर्षकमा समेत गरी ३ करोड ४४ लाख ७७ हजार ५ सय ८० रुपैया“ बराबरको खर्च भएको देखिएको अख्तियारले उल्लेख गरेको छ ।
अनुसन्धानका क्रममा श्रेष्ठको वैध आयको तुलनामा १ करोड ३४ लाख ५ सय ७६ रुपैया“ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको उल्लेख गर्दै अख्तियारले उनको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको अभियोगपत्रमा दाबी गरेको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनबमोजिम श्रेष्ठलाई बिगोबराबर जरिवाना र कैद सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।


No comments:

Post a Comment