Monday, January 28, 2019

विस्तारित चक्रपथको पहिलो खण्ड विभागलाई हस्तान्तरण

दोस्रो चरणमा चीनले कलंकी–महाराजगन्ज खण्ड विस्तार गरिदिने
काठमाडौं, १४ माघ– चीन सरकारले चक्रपथको विस्तारित कोटेश्वर–कलंकी पहिलो सडक खण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा सोमबार आयोजित चीनका राजदूत हउ याङचीले प्रधानमन्त्री केपी ओलीलाई सा“चो दिंदै विस्तारित सडक खण्ड हस्तान्तरण गरेका हुन् । १० दशमलव ३९ किलोमिटर लामो ८ लेनको कोटेश्वर(कलंकी खण्ड ५ वर्ष लगाएर विस्तार गरिएको हो । उक्त खण्डमा नेपाल सरकारले निर्माण गर्ने सर्भिस लेनको भने धेरैजसो काम भने बा“की छ ।
आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल निर्माण गरेको छ । सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो । भूकम्प र नाकाबन्दीका कारण काम सम्पन्न ढिला भएको दाबी सडक विभागको छ । ८ लेन सडक विस्तारका क्रममा खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठवटा पुल निर्माण गरिएको छ । चक्रपथ विस्तारकै क्रममा हुने कलंकीमा हुने जामलाई कम गर्न कलंकी चोकमा अण्डर पास निर्माण गरिएको छ । यो खण्ड विस्तार भएपछि चक्रपथको कलंकी कोटेश्वर खण्डमा ट्राफिक जाम धेरै घटेको छ ।
‘चिनिया“ सहयोगमा निर्माण भएको काठमाडौं चक्रपथ सुधार परियोजना हस्तान्तरण कार्यक्रम’ का क्रममा प्रधानमन्त्री ओली र चिनिया“ राजदूतले संयुक्त रूपमा उक्त सडक खण्डको उदघाटन पनि गरे ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच समस्यारहित र अनुपम सम्बन्ध रहेको उल्लेख गर्दै सडक, कृषि, शिक्षा, स्वास्थ्यलगायतका धेरै क्षेत्रमा चिनिया“ सहयोग उदाहरणीय रहेको बताए ।
उनले चक्रपथको पहिलो खण्डमा देखिएको समस्या कलंकी–महाराजगञ्ज सडक (दोस्रो खण्ड) मा दोहोरिन नदिइने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीले चक्रपथको दोस्रो सडक खण्डमा खानेपानीको पाइप, बिजुलीका पोललगायत सडक निर्माणमा अवरोध आए तत्काल हटाएर काम सञ्चालन गर्न दिन प्रधानमन्त्रीले सबै मन्त्रालय र विभागलाई निर्देशन दिए ।
नेपालका लागि चिनियाँ राजदूत हउले निर्माण सम्पन्न भएको सडकबाट नेपाल चीनबीच सुमधुर सम्बन्ध रहेको प्रमाणित गरेको बताए । उनले यो सडकले चीनको नै सहयोगमा निर्माण भएका अरनिको राजमार्ग र पृथ्वी राजमार्गलाई जोडेको उल्लेख गरे ।
सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले चक्रपथको दोस्रो खण्डको काम चा“डो सुरु हुने जानकारी दिए । ‘दोस्रो खण्डको कामलाई चा“डो सुरु गरेर समयमा सम्पन्न गर्न विभाग लाग्नेछ’ उनले भने ।
–––

No comments:

Post a Comment