Sunday, January 20, 2019

१४ दिनभित्र ठेकेदार नफर्किए मेलम्चीको ठेक्का रद्द

काठमाडौं, ६ माघ– सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गर्ने घोषणा गरेको छ । मेलम्ची खानेपानी विकास समितिको बैठकले आइतबार ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन) जारी गर्दै ठेक्का तोडने घोषणा गरेको हो ।
अबको १४ दिनभित्र इटालियन ठेकेदार कम्पनी सीएमसी काममा नफर्किए उससितको ठेक्का स्वतः रद्द हुने जानकारी मेलम्ची आयोजनाका अधिकारीले दिए ।
ती अधिकारीका अनुसार सीएमसीलाई आइतबार नै किन ठेक्का रद्द नगर्ने भन्ने पत्र पठाइएको छ । समितिले यदि दुई साताभित्र सीएमसी सरकारलाई चित्तबुझ्दो जवाफसहित काममा नफर्किए ठेक्का सम्झौता रद्द भएको औपचारिक पत्र दिइने छ ।
सरकारले सीएमसी काममा नफर्किए दुई सातापछि औपचारिक रूपमा ठेक्का रद्द गरी उसले बैंकमा राखेको अढाई अर्ब रुपैया“ धरौटीसमेत जफत गर्ने भएको छ । समितिले बैंकलाई धरौटी जफत गर्न पठाउने पत्रसमेत तयार गरिसकेको छ ।
सरकारले सीएमसीसित ठेक्का रद्द भएपछि फेरि नया“ टेन्डर गरेर बा“की काम सम्पन्न गरिने जानकारीसमेत आयोजनाका अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार नया“ टेन्डर गरी ठेकेदार छान्नमात्र ६ महिनाभन्दा बढी समय लाग्न सक्छ ।
मेलम्ची आयोजनाबाट आगामी वैशाखमा  काठमाडौंमा पानी ल्याउने योजनाका साथ काम भइरहेको थियो । सीएमसीले आफू वित्तीय संकटमा परेको घोषणा गर्दै ठेक्का तोडने आशयको पत्र सरकारलाई दिई त्यसका अधिकारीहरू फर्किएपछि मेलम्ची कहिले सम्पन्न हुने अनिश्चित भएको छ ।
नया“ टेन्डर प्रक्रियाबाट ठेकेदार छनौट गरी काम सुरु गर्दा मेलम्चीको पानी काठमाडौं ल्याउन अझै दुई वर्ष लाग्न सक्ने जानकारीसमेत आयोजनाका अधिकारीले दिएका छन् ।

No comments:

Post a Comment