Tuesday, January 8, 2019

आफ्नो नाम क्रिस्चियन धर्मसँग जोडिएकामा नेता नेपालको आपत्ति

काठमाडौं, २३ पुस– नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएका छन् ।
संघीय संसदको अन्तर्रािट्रय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले विवादास्पद ‘एसिया प्यासिफिक समिट’ को आयोजनामा पूर्वप्रधानमन्त्री नेपाल सहभागी भएको र त्यसले मुलुकप्रति अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश गएको विषय उठाएका थिए ।
प्रत्युत्तरमा नेपालले सरकारको ‘सुःखी नेपाली ः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ र सहयोग जुटाउन, मुलुक आफू ‘एसिया प्यासिफिक समिट’ मा सहभागी भएको दाबी गर्दै आफूलाई क्रिस्चियन धर्मसँग जोडिएकामा आपत्ति जनाएका हुन् ।
उनले मुलुकलाई विश्वमा चिनाउन आफू समिटमा सहभागी भएको दाबी गर्दै आफूमाथि गलत मनसाय राखेर गलत प्रचार भइरहेको दाबी गरे । उनले आफूले सबै धर्मलाई सम्मानका दृष्टिले हेर्ने गरेको बताए । उनले एसिया प्यासिफिक समिटमा सहभागी हुने विपी कोइराला पहिलो नेता भएको दाबी गरे । 

उनले समिटमा कांग्रेस नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र सभापति शेरबहादुर देउवा सहभागी हुँदा विवाद नगर्ने, तर आफू सहभागी हु“दा विरोध गर्ने भन्दै कांग्रेस सांसद राजभण्डारीमाथि रोष प्रकट गरेका थिए ।

No comments:

Post a Comment