Tuesday, January 8, 2019

संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा राई सिफारिस

काठमाडौं, २४ पुस– सरकारले संयुक्त राष्ट्रसंघको नेपालको स्थायी प्रतिनिधिमा अमृत राईलाई नियुक्त गर्न ििसफारिस गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव राईलाई केही दिन अघिमात्र सरकारले दक्षिण अफ्रिकाको राजदूतबाट फिर्ता बोलाएर न्यूोयोर्कथत संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बनाउन सिफारिस गर्ने निर्णय गरेको हो ।  राष्ट्रसंघको स्थायी प्रतिनिधिमा यसअघि परराष्ट्र मन्त्रालयका सचिव जाने प्रचलन थियो ।
परराष्ट्र सचिव शंकरदास बैरागीले आफू पूरै कार्यकाल सचिवकै भूमिकामा रहने चाहना व्यक्त गरेपछि राईले आकर्षक अवसर पाएका हुन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीकै प्रस्तावमा राईलाई न्युयोर्कको स्थायी प्रतिनिधि सिफारिस गरिएको स्रोतले जनाएको छ । यसअघि सरकारले स्थायी नियोगका तत्कालीन प्रमुख दुर्गाप्रसाद भट्टराईलाई साउनमा फिर्ता बोलाएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलबार नै राईको नाम संसदीय सुनुवाइका लागि संघीय संसदको सचिवालयमा पठाएको छ । सुनुवाइबाट अनुमोदन भएपछि राई राष्ट्रपतिबाट राष्ट्रसंघीय नियोग, न्युयोर्कको स्थायी प्रतिनिधिमा नियुक्त हुनेछन् ।


No comments:

Post a Comment