Sunday, September 8, 2019

चार जनालाई सचिवमा बढुवा

काठमाडौं, २२ भदौ– सरकारले दुई जना कायममुकायम सचिव र दुई जना वरिष्ठ सहसचिवलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कामु सचिवद्वय तोयम राय र तोयानारायण ज्ञवालीलाई सचिवमा बढुवा गरेको छ ।
लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा रहेको बढुवा समितिको सिफारिसमा परेका सामान्य प्रशासन समूह (क्लस्टर) का ६ सहसचिव (दुई कामु सचिवसहित) बाट २ जनालाई पदोन्नति गरेको हो । राय प्रदेश नं. ३ र ज्ञवाली प्रदेश नम्बर ५ को कामु प्रमुख सचिव थिए । उनीहरूलाई सोही ठाउ“मा प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।सरकारले इन्जिनियरिङका दुई वरिष्ठ सहसचिव ऋषिराम शर्मा र रवीन्द्र श्रेष्ठलाई सचिवमा बढुवा गरेको छ । शर्माले वरिष्ठबाट र श्रेष्ठलाई बढुवा समितिले सिफारिस गरेका तीन जनामध्येबाट बढुवा गरेको हो । शर्मा र श्रेष्ठलाई पदस्थापन गरिएको छैन ।

No comments:

Post a Comment