Saturday, September 7, 2019

डेंगुबाट चार जनाको मृत्यु

काठमाडौं, २० भदौ– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेंगु संक्रमणका कारण चार जनाको मृत्यु भइसकेको जनाएको छ । गत वर्ष उक्त रोगको संक्रमणबाट तीन जनाको मृत्यु भएको थियो ।
महाशाखा प्रमुख डा विवेक लालका अनुसार सातै प्रदेशमा डेंगुको संक्रमण नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले कार्यक्रमसहित ६ करोड १७ लाख रुपैयाँ रकम निकासा गरेको छ ।
राजधानीमा शुक्रबार आयोजित ‘डेंगु सङ्क्रमण र रोकथाम’ विषयक अन्तरक्रियामा बोल्दै उनले संक्रमणको जोखिम रहेका ४२ जिल्ला तथा ८५ स्थानीय तहमा रोग नियन्त्रणका लागि थप १ करोड ६६ लाख रुपैयाँ पठाइएको जानकारी दिए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले श्वास फेर्न अप्ठ्यारो हुने रोगको लक्षण देखिएमा रगतमा भएको प्लेटलेट्सको संख्या परिक्षण गर्नुपर्ने सुझाव दिए । उनी एडिज लामखुट्टेका कारण डेंगु रोगको संक्रमण हुने हु“दा घर वरिपरि फोहोर, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई पुरेर सफा गर्नुपर्ने बताउ“छन् ।
विशेषज्ञ डा. बाबुराम मरासिनीले डेंगुको लक्षणबारे जानकारी दिंदै शरीरका विभिन्न अंगमा रगत जम्ने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, पिसाब तथा बान्ता गर्दा रगत आउनेलगायत लक्षण देखा परेमा सतर्क हुनुपर्ने सुुझाव दिए ।

No comments:

Post a Comment