Friday, September 20, 2019

पूर्वलडाकु अधिकारी सहायक रथीमा बढुवा

काठमाडौं, २ असोज– सरकारले तत्कालीन माओवादी जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई महासेनानी (कर्णेल) पदमा कार्यरत यमबहादुर अधिकारीलाई सहायक रथीमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जंगी अड्डाको सिफारिसमा अधिकारीलाई बढुवा गरेको हो । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बा“स्कोटाले नेपाली सेनामा विशेष पद सिर्जना गरेर अधिकारीलाई पदोन्नति गरिएको जानकारी दिए । अधिकारीको सहायक रथीको चारवर्षे पदावधि सकिएपछि विशेष पद स्वतः खारेज हुने जानकारी जंगी अड्डा स्रोतले दिएको छ । अधिकारीले सहायक रथी बन्न चाहिने ‘हाइयर कमान्ड कोर्स’ पूरा नगरेका कारण विशेष पद सिर्जना गरेर बढुवा गरिएको समेत स्रोतले उल्लेख गरेको छ ।
अधिकारीलाई तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएकामध्ये सबभन्दा माथिल्लो दर्जामा पुग्ने सौभाग्य मिलेको हो । उनी उपसेनानीका रूपमा सेनामा प्रवेश गरेका थिए । त्यसको केही वर्षमै महासेनानीमा पदोन्नति भए । अधिकारीको बढुवाले मुलुकमा शान्ति प्रक्रिया सफल रहेको सन्देश दिएको दाबीसमेत जंगी अडडा स्रोतको छ ।

No comments:

Post a Comment