Monday, September 9, 2019

दुई जनाविरुद्ध मुद्दा, तीन जना घूससहित पक्राउ

काठमाडौं, २२ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार वन अधिकृतसहित दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ भने तीन जनालाई घूससहित नियन्त्रणमा लिएको छ ।
अख्तियारले बर्दियाको बाँसगढी सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनिलकुमार गुप्ताविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अनुसन्धानबाट उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरेबापत सेवाग्राहीस“ग १० हजार रुपैयाँ घूस लिएको सप्रमाण पुष्टि भएकाले गुप्ताविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै गुप्ता सेवाबाट निलम्बित भएका छन् ।
अख्तियारले जिल्ला अदालत महोत्तरीका नापी सर्भेक्षक मोहन यादवविरुद्ध समेत घूस लिएको अभियोगमा मुद्दा दायर गरेको छ । अदालतमा दर्ता भएको मुद्दा मिलाइदिन्छु भनी डेढ लाख रुपैयाँ घूस लिएको सप्रमाण पुष्टि भएकाले यादवविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ । मुद्दा दायर भएसँगै यादव निलम्बित भएका छन् ।
तीन जना घूससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहलंका नायव सुब्बा पुरूषोत्तम पोखरेल र कर सहयोगी (सहजकर्ता) केदारप्रसाद न्यौपाने घूससहित पक्राउ गरेको छ ।
न्यौपानेबाट पू“जी वृद्धि तथा शाखा विस्तारका लागि लिएको १ हजार घूससहित पोखरेल रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ । दुवै जनालाई अख्तियारको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ ।
अख्तियारले अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीका प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीलाई घूससहित पक्राउ गरेको छ । काठमाडौंबाट सिन्धुली हु“दै बाहिरिने सवारी साधनलाई ७ बजेपछि पनि सिन्धुली प्रवेश गर्न दिने भनी सेवाग्राहीस“ग लिएको १० हजार रुपैयाँ घूससहित माझी रंगेहात पक्राउ परेको अख्तियारले उल्लेख गरेको छ । माझीलाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment