Friday, September 27, 2019

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ९ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका प्रधानाध्यापक घनश्यामराज काफ्लेसहित तीन जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयमा क्यान्टिन बनाउने क्रममा ठेकेदारसित १ लाख ५० हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा पशुपति मित्र माध्यमिक विद्यालयका लेखापाल (मावि तृतीय श्रेणी) बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरतबिक्रम बीसीसमेत छन् । काÏलेसहित तीनै जनालाई डेड लाख रुपैयाँ बिगो कायम गरी डेढ वर्ष कैद र सजाय गर्न अख्तियारले अभियोगपत्रमा मागदाबी गरेको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी जवान गम्हिरा साह तेलीविरुद्ध ५ हजार रुपैया“ घूस लिएको अभियोगमा बुधबार नै मुद्दा दायर गरेको छ । मुद्दा दायर भएस“गै प्रधानाध्यापक काÏले, सहायक प्रधानाध्यापक बीसी, लेखापाल पराजुली र प्रहरी जवान तेली सेवाबाट निलम्बित भएका छन् ।

No comments:

Post a Comment