Saturday, September 21, 2019

बढी लिएको शुल्क फिर्ता गर्न निर्देशन

काठमाडौं, ३ असोज– त्रिभुवन विश्वविद्यालयले भरतपुरको चितवन मेडिकल कलेज एन्ड साइन्सेजलाई विद्यार्थीहरूसित बढी लिएको शुल्क फिर्ता गर्न निर्देशन दिएको छ ।
त्रिविले शुक्रबार विज्ञप्ति जारी गर्दै शुल्क फिर्ता लिन र आन्दोलनरत विद्यार्थीसँग वार्ता गरी समस्या समाधान गर्न आग्रह गरेको हो । चितवन मेडिकल त्रिविको सम्बन्धनप्राप्त कलेज हो । सरकारद्वारा निर्धारितभन्दा बढी शुल्क उठाएको विरोधमा उक्त कलेजका चिकित्सा शिक्षातर्फ एमबीबीएस हमा अध्ययनरत विद्यार्थी आन्दोलित छन् । त्रिविले विज्ञप्तिमा आन्दोलनबाट समस्याको समाधान नहुने उल्लेख गर्दै कलेज प्रशासनले आह्वान गरेको वार्तामा बस्न विद्यार्थीलाई समेत आग्रह गरेको छ । समस्याको समाधान वार्ताबाटै हुन्छ भन्नेमा विश्वविद्यालय प्रस्ट रहेको जनाइएको विज्ञप्तिमा विद्यार्थीको पठनपाठनसँगै जनताले स्वास्थ्योपचार गर्न पाउने अस्पताल जस्तो अति संवेदनशील स्थानमा बाधा र अवरोध सिर्जना नगर्न सबै पक्षलाई आग्रह गरिएको छ ।
मन्त्रिपरिषद्को गत वर्षको असोज २८ को बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो । एमबीबीएसका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार तथा उपत्यकाबाहिर ४२ लाख ४५ हजार तथा बीडीएस कार्यक्रमका लागि १९ लाख ३२ हजार ६ सय १२ रुपैया“ शुल्क निर्धारण गरेको थियो ।

No comments:

Post a Comment