Sunday, September 15, 2019

प्राध्यापक संघको अध्यक्षमा थापा निर्विरोध

काठमाडौं, २९ भदौ– नेपाली प्राध्यापकको छाता संगठन नेपाल प्राध्यापक संघको अध्यक्षमा प्राध्यापक बुद्धबहादुर थापा निर्वाचित भएका छन् । संघको निवर्तमान महासचिवसमेत रहेका थापालाई संघको निर्वाचन समितिले आइतबार निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
निर्वाचन समितिले अरू पदाधिकारी तथा सदस्यको भने टुंगो लाग्न बाँकी रहेको जनाएको छ । उनीहरूको निर्वाचन कात्तिकमा हुने तय भएको छ । कुल २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा अब २० जना केन्द्रीय सदस्य निर्वाचित भएपछि उनीहरूले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।
थापा बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् भने उनी वरिष्ठ अधिवक्ता पनि हुन् । संघमा त्रिभुवन विश्वविद्यालयका झण्डै ८ हजार र अन्य विश्वविद्यालयका गरी १२ हजार प्राध्यापक आबद्ध छन् ।

No comments:

Post a Comment