Thursday, September 26, 2019

अतिरिक्त शुल्क फिर्ता नगरे सत्याग्रह : डा. केसी

काठमाडौं, ८ असोज– डा. गोविन्द केसीले मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । डा. केसीले बुधबार विज्ञप्ति जारी गर्दै अवैध रूपमा लिइएको शुल्क तत्काल फिर्ता गर्न मेडिकल कलेजहरूसँग माग गरेका छन् ।
डा. केसीको आमरण अनशनको दबाबमा सरकारले एमबीबीएस र बीडीएसको शुल्क तोकेको थियो तर मेडिकल कलेजहरूले तोकेको भन्दा बढी शुल्क असुल्न नछाडेपछि विद्यार्थीहरू आन्दोलित छन् । सरकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैया“ शुल्क तोकेको छ । मेडिकल कलेजहरूले भने विभिन्न शीर्षकमा त्योभन्दा बढी शुल्क उठाइरहेका छन् ।
डा. केसीले प्राध्यापक परासर कोइराला नेतृत्वको समितिले बनाएको मापदण्डअनुसार विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न माग गरेका छन् ।
समितिको मापदण्डबाहिर गएर नियुक्ति भए मान्य नहुने चेतावनीसमेत उनले दिएका छन् । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमडीजीपीको पढाइ तथा एमबीबीएसलगायतका कार्यक्रमको पठनपाठन शीघ्र सुरु गर्न र सबै प्रदेशमा सरकारी मेडिकल कलेज पु‍¥याउनसमेत माग गरेका छन् । विज्ञप्तिमा उनले आÏना माग पूरा नभए कुनै पनि बेला सत्याग्रहमा उत्रने चेतावनीसमेत दिएका छन् ।

No comments:

Post a Comment