Tuesday, September 3, 2019

अब विदेश जान कामदारले बैंक खाता खोल्नै पर्ने

काठमाडौंं, १६  भदौ – सरकारले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई बैंक खाता अनिवार्य रूपमा खोल्नु पर्ने व्यवस्था लागू गरेको छ । बैदेशिक रोजगार विभागले सोमबारदेखि नै लागू हुने गरी विदेश जाने नेपाली कामदारलाई बैंक खाता अनिवार्य गरेको हो ।
वैदेशिक रोजगारमा रहेको नपालीहरूले कमाएर रेमिट्यान्स हुण्डीका रूपमा कारोबार हुने प्रवृत्तिलाई पूर्ण रूपम बैंक खाता अनिवार्य गरेको हो । खाता अनिवार्य गरिएपछि अब नेपाली कामदारलले बैंकमार्फत कमाएको पैसा पठाउनु पर्छ । नेपाली कामदारले कमाएको पैसा बैंक खातामार्फत नल्याएको खुलेमा उसलाई अर्कोपटक श्रम स्वीकृति नदिइने विभागले जनाएको छ ।
विभागका अनुसार, अब श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ््नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने छ । विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा समेत बैंक खातासहितको विवरण अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ । विभागले बैंक खाता नबुझाउने कामदारले श्रम स्वीकृति नपाउने जनाएको छ ।

No comments:

Post a Comment