Saturday, September 7, 2019

सुशासन र विकासका मुद्दामा सरकार असफल : राप्रपा (संयुक्त)

काठमाडौं, २० भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले डेढ वर्षको अवधिमा वर्तमान सरकार सुुशासन, न्याय र विकासका मुद्दामा असफल भएको दाबी गरेको छ । पार्टीे केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पशुुपतिसमसेर जबराले नेपाली जनताको चाहनाअनुरूप मुुलुकको विकास र प्रगतिका लागि सुवर्ण मौका पाए पनि सरकारले त्यसको सदुुपयोग गर्न नसकेको र उल्टै असफल भएको टिप्पणी गरे ।
उनले निरंकुश र अनुदार विधेयक धमाधम ल्याएर सरकार लोकतन्त्र, धर्म, संस्कृति र प्रेसमाथि नियन्त्रण गर्न लागिपरेको बताए । ‘वर्तमान परिस्थितिको सिंहावलोकन गर्दा हामी अत्यन्त दुःखित छौं । यसबीचमा सुन काण्ड र वाइडबडी काण्ड भए । अहिले मुलकमा भ्रष्टाचार व्याप्त छ, सरकारले गुुठी र मिडिया काउन्सिल विधेयकमार्फत धर्म, संस्कृति र प्रेसलाई नियन्त्रण गर्न खोजेको छ, यो ढंगबाट मुलुक चल्दैन’ उनले भने ।
अध्यक्ष जबराले नेपाली जनताले खोजेको नेपालको पहिचान र भ्रष्टाचारविरुद्ध तिहारपछि पार्टीले हिन्दू संस्कृति संरक्षण अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले मुलुकमा अहिले विकासको कामले चर्चा पाउनुपर्नेमा भ्रष्टाचारका काण्ड चर्चामा रहेको दाबी गर्दै सरकार योजनाबद्ध ढंगले लोकतान्त्रिक पद्धतिविरुद्ध लागिरहेको आरोप लगाए । ‘राजनीतिको उद्धेश्य समाजसेवा हुनुपर्नेमा पैसा कमाउने उद्योग र व्यापार भएको छ, जनताको सुशासन र विकासको आकांक्षा निराशामा परिणत भएको छ, प्रजातान्त्रिक माध्यमबाट लोकतन्त्रलाई मास्ने काम भइरहेको छ ।’्
उनले जनजीविकाका सवाल कार्यान्वयनमा सरकार पूर्ण असफल भएको उल्लेख गर्दै करार सम्झौताका नाममा प्रशासन संयन्त्र ध्वस्त पार्न खोजिएको दाबी गरे । उनले अब लोकतन्त्र र मुलुकको साख जोगाउन प्रतिपक्षी पार्टीहरूले संयुक्त रूपमा आवाज उठाउनु पर्ने बेला आएको बताए । ‘लोकतन्त्र खतरामा छ, प्रजातन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो, लोकतान्त्रिक पद्धतिलाई जोगाउन विरोध र आवाज उठाउने भनेको लोकतन्त्र बलियो तुल्याउनु नै हो’ उनले भने ।




No comments:

Post a Comment