Friday, September 20, 2019

२० हजार मेट्रिक टन चिनी आयात गरिने

काठमाडौं, २ असोज– सरकारले दसैं, तिहार, छठलगायत चाडबाडमा चिनी अभाव हुन नदिन सरकारी कम्पनीमार्फत २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रिपरिषद बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई १०/१० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुटमा आयात गर्न स्वीकृति दिएको छ ।
चाडपर्वका बेला व्यापारीले चिनीको कृत्रिम अभाव बनाई मूल्यवृद्धि गर्न सक्ने आशंका गर्दै सरकारले बजारमा हस्तक्षेप गर्न सरकारी कम्पनीमार्फत चिनी आयात गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए ।

मेलम्चीका श्रमिकलाई भुक्तानी
मेलम्ची खानेपानी आयोजनाका श्रमिकको बाँकी ज्याला दसैंअगाडि दिइने भएको छ । मन्त्रिपरिषद्ले मेलम्चीको काम छाडेर फर्किएको इटालियन ठेकेदार कम्पनी सीएमसीबाट असुल गर्ने गरी श्रमिकहरूलाई बक्यौता रकम भुक्तानी गर्न आयोजनालाई स्वीकृति दिने निर्णय गरेको हो । सीएमसीबाट करिब ८ सय मजदुरले झन्डै २ करोड रुपैयाँ ज्याला पाउन बाँकी छ । सीएमसीले आयोजनाको ठेक्का लिँदा राखेको धरौटी साढे २ अर्ब रुपैयाँ छ । त्यही धरौटी रकमबाट कट्टा हुने गरी सरकारले श्रमिकको बक्यौता भुक्तानी गर्न लागेको हो ।
२८२ जना कैदी रिहा
सरकारले संविधान दिवसका उपलक्ष्यमा २ सय ८२ कैदीको बा“की सजाय मिनाहा गरी शुक्रबार रिहा गर्ने भएको छ ।
सरकारले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम विभिन्न अपराधमा कैद सजाय भुक्तान गरिरहेका २ सय ८२ जनाको कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी बा“स्कोटाले दिए । बा“स्कोटाका अनुसार मन्त्रिपरिषद्ले कैद भुक्तान गरिरहेका भीमबहादुर शेर्पालगायत कैदीको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व र बा“की कैद तथा सजाय माफी दिने निर्णय गरेको छ ।
संग्रहालयमा निःशुल्क प्रवेश
संविधान दिवसका दिन शुक्रबार हनुमान ढोका दरबार संग्रहालय, पाटन संग्रहालय र राष्ट्रिय कला संग्रहालय भक्तपुरमा प्रवेश निःशुल्क गर्ने निर्णय गरेको छ ।
वार्ता टोली गठन
सरकारले नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरावलोकनसम्बन्धी तेस्रो बैठकमा सहभागिताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

No comments:

Post a Comment