Thursday, September 19, 2019

गृहमन्त्रीका भाइ १ लाख धरौटीमा रिहा

काठमाडौं, १ असोज– काठमाडौं जिल्ला अदालतले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशलाई १ लाख रुपैया“ धरौटीमा रिहा गरेको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले आपराधिक लाभ (एक्स्टर्सन) र संगठित अपराधसम्बन्धी कसुरको अभियोग लागेका नरेशलाई थुनछेक बहस सकिएपछि बुधबार एक लाख रुपैया“ धरौटीमा छाड्न आदेश दिएको हो ।
उनी बुधबार अपराह्न १ लाख धरौटी राखेर रिहा भएका छन् । आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ परेका अरू ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । उक्त अभियोगमा थापास“गै पवन खड्का, सुरेन नगरकोटी बलामी, शैलेश प्रजापति, विनोद लामा, वीरबल भट्टराई र मनबहादुर पुन मगरलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गुन्डा नाइके समीरमानसिंह बस्न्यातका दुई सहयोगी पवन खड्का र सुरेन नगरकोटीका गैरकानुनी काममा नरेशको सम्बन्ध देखिएपछि उनलाई पक्राउ गरेको थियो ।
अदालतमा बयानका क्रममा थापाले बस्न्यातस“ग आफ्नो चिनजानै र कहिल्यै भेट्दै नभेटेको दाबी गरेको जानकारी स्रोतले दिएको छ । व्यापारी तथा व्यवसायीलाई धम्क्याई असुली धन्दा चलाउ“दै आएका बस्नेतको योजनाअनुसार निर्माण व्यवसायी शरदकुमार गौचनलाई राजधानीमा हत्या गरिएको थियो । प्रहरीले बस्नेतलाई भारतबाट पक्राउ गरी नेपालमा ल्याएर कैदमा राखेको छ । उनले जेलभित्रै बसेर आफ्ना सहयोगीमार्फत व्यापारी–व्यवसायीलाई धम्क्याई असुली धन्दा चलाउँदै आएको अनुसन्धान ब्युरोको निष्कर्ष छ ।

No comments:

Post a Comment