Sunday, September 15, 2019

तरुण दलको विवाद उत्कर्षमा

अध्यक्ष र महासचिवले गरे एकअर्कालाई हटाएको दाबी
काठमाडौं, २८ भदौ– प्रतिपक्षी कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलमा विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष जितजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीले शनिबार एकअर्कालाई हटाइएको भन्दै विज्ञप्ति नै सार्वजनिक गरेका छन् । यसअघि बस्नेत र शाहीले एकअर्काको निर्णय अवैध भन्दै खारेज गरेको घोषणा गरेका थिए ।
शनिबार जारी विज्ञप्तिमा अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको दाबी गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत बोधार्थ दिइएको पत्रमा शाहीमाथि अनुशासनहीन काम गरेको आरोप लगाइएको छ ।
बस्नेतको वक्तव्यलगत्तै शाहीले महासचिवको हैसियतमा विज्ञप्ति जारी गरी अध्यक्ष बस्नेतलाई नै तरुण दलको साधारण सदस्यसमेत नरहने गरी एक वर्षका लागि निष्कासन गरिएको जनाएका छन् । शाहीले बस्नेतमाथि अख्तियार घेराउ कार्यक्रम रोकेको, केन्द्रीय समिति विस्तार नगरेको, बाढीपीडितका नाममा संकलन गरेको राहतमा घोटाला गरेको आरोप लगाएका छन् । दुवैले एकअर्कालाई हटाएको वक्तव्य कांग्रेस केन्द्रीय कार्यालयमा बुझाएका छन् ।

No comments:

Post a Comment