Sunday, September 15, 2019

प्रधानाध्यापकसहित ५ जना घूससहित पक्राउ

काठमाडौं, २८ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज महानगरपालिका– बेहवा प्रसौनी पर्साका प्रधानाध्यापक सचिन्द्रकुमार कापरसमेत ५ जनालाई घूस रकमसहितरंगेहात पक्राउ गरेको छ ।
प्रधानाध्यापक कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यबस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मिया“ अन्सारीले करारमा शिक्षक नियुक्ति गरिदिने भनी सेवाग्राहीस“ग लिएको एक लाख रुपैयाँ घूससहित पक्राउ परेको अख्तियारले जनाएको छ ।
इन्जिनियरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले बनेपा नगरपालिकाका इन्जिनियर आकाश श्रेष्ठसहित दुई जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रेष्ठले २०७२ को महाभूकम्पले पूर्ण क्षति भएको घर पुनर्निर्माणका लागि सरकारले प्रदान गरेको राहत किस्ता भुक्तानीका क्रममा सेवाग्राहीस“ग २५ हजार रुपैया“ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले जिल्ला अदालत सिराहाका कर्मचारी बृजमोहन यादवविरुद्ध समेत मुद्दा दायर गरेको छ । यादवले अदालतमा विचाराधीन लागू औषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीसँग १ लाख १० हजार रुपैयाँ घुस लिएको पुष्ट भएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ । मुद्दा दायर भएसँगै दुवै जना सेवाबाट निलम्बित भएका छन् ।

No comments:

Post a Comment