Sunday, September 15, 2019

खारेज म्यानपावरलाई फरफारक गर्न निर्देशन

काठमाडौं, २९ भदौ– वैदेशिक रोजगार विभागले बैंक ग्यारेन्टी र नगद धरौटी वृद्धि गर्न नसकेर खारेजीमा परेका म्यानपावर कम्पनीहरूलाई १५ दिनभित्र संस्थाको विगतको दायित्व फरफारक गर्न निर्देशन दिएको छ ।
वैदेशिक रोजगार ऐनअनुसार धरौटी र बैंक ग्यारेन्टी वृद्धि गर्न नसकेपछि ३ सय ३ वटा म्यानपावर कम्पनी स्वतः खारेजीमा परेका छन् । सरकारले ऐन संशोधन गरी म्यानपावर कम्पनीको धरौटी २ देखि ६ करोड रुपैयाँसम्म पु¥याएको छ । विभागले खारेजीमा परेका म्यानपावरलाई हालसम्म वैदेशिक रोजगारीमा पठाइएका व्यक्तिको सम्पूर्ण विवरण उपलब्ध गराउनसमेत निर्देशन दिएको छ ।
विभागले आगामी दिनमा खारेजीमा परेको संस्थाका नामबाट वैदेशिक रोजगारसम्बन्धी नयाँ एवं पुराना कुनै पनि कार्य नगर्नसमेत निर्देशन दिएको छ । विभागले व्यक्तिसँग लिएको राहदानी र नगद फिर्ता गर्नसमेत ती संस्थालाई आग्रह गरेको छ ।
विभागले नयाँ मागपत्र नल्याउन एवं प्रमाणीकरण नगराउन, कार्यालयको नाममा राखिएको बोर्ड हटाउन, कर्मचारीलाई दिएको परिचयपत्र रद्द गर्न, संस्थास“ग सम्बन्धित मुद्दा तथा उजुरी तत्काल फरफारक गर्नसमेत निर्देशन दिएको छ । निर्देशन अटेर गरी विगतमा जस्तै कामकारबाही गरे हदैसम्मको कारबाही हुने चेतावनीसमेत दिइएको छ । विदेशी रोजगारदाता कम्पनीस“ग लिएको मागपत्रबमोजिम जनशक्ति आपूर्ति गर्न नसक्ने व्यहोरा सम्बन्धित रोजगारदातालाई गराउन, प्रयोगमा ल्याउन नसकिने भएका प्रमाणीकरण गरिएका मागपत्रबारे सम्बन्धित कूटनीतिक नियोगलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ ।

No comments:

Post a Comment