Wednesday, September 4, 2019

६ जना भ्रष्टाचार मद्दा

काठमाडौं, १७  भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार ६ सरकारी कर्मचारीवि?द्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नवलपरासी सरावल गाउँपालिकाका सडक कालोपत्रे तथा नाला निर्माण कार्यमा इञ्जिनीयर भीमदेव भट्टराईले ३ लाख ६५ हजार रुपैयाँ अनियमितता गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।.
अख्तियारले पर्वत जिल्लाको साविक तिलाहार गाविसका कार्यालयका सचिव लिलप्रसाद श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ । श्रेष्ठले मिलेमतो गरी रकम बाँडेर बाख्रापालनतर्फको ४० हजार सरकारी रकम हिनामिना गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।
अख्तियारले घूस लिने÷दिने कार्य गरी भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय अन’सन्धान जिल्ला कार्यालय रूपन्देहीका अनुसन्धान सहायक वीरेन्द्र पाण्डे र पसले वीरेन्द्र वर्मावरुद्ध समेत मुद्दा दायर गरेको छ । उनीहरूले भारतबाट घरायसी प्रयोजनका लागि सामान ल्याउने सेवाग्राहीलाई धम्काएर घूस लेनदेन गरेको अख्तियारले उल्लेख गरेको छ ।

No comments:

Post a Comment