Sunday, September 15, 2019

साढे ६ लाख भ्रष्टाचारमा दुई जनाविरुद्ध मुद्दा

काठमाडौं, २९ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ६ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा स्वास्थ्य कार्यालय म्याग्दीका हेल्थ असिस्टेन्ट (अधिकृत छैठौं तह) का भरतप्रसाद उपाध्याय र हेल्थ असिस्टेन्ट राधिका देवी शर्माविरुद्ध मुद्दा दायर गरेको छ ।
उपाध्याय र शर्माले स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने क्रममा ६ लाख ५८ हजार ५ सय १३ रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट खुलेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले दुवै जनालाई भ्रष्टाचारको कसुरमा जेल सजाय र बिगोबराबर जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।
अख्तियारले आइतबार नै जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारूविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । थारूले फेटा गाउ“पालिकामा कार्यरत रहँदा उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेबापत सेवाग्राहीसँग २५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ । मुद्दा दायर भएस“गै तीनै जना सेवाबाट निलम्बित भएका छन् ।

No comments:

Post a Comment