Saturday, September 14, 2019

पार्टीको कार्यक्रममाथि सांघातिक आक्रमण हुनु निन्दनीय : कांग्रेस

काठमाडौं, २७ भदौ– कांग्रेसले आफ्नो पार्टीको राष्ट्रिय जागरण अभियानका क्रममा बा“के जिल्लामा बिहीबार भएको कार्यक्रममा सत्तारूढ नेकपाका जिम्मेवार नेताको नेतृत्वमा सांघातिक आक्रमण भएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी खजुरा गाउ“पालिका–१ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा नेकपाका मुमबहादुर वली, निर्मल खत्रीलगायतका १३÷१४ जनाको समूहले कार्यक्रम हलभित्रै प्रवेश गरी बा“के कांग्रेसकी सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनालसहित पार्टीका दर्जनौं कार्यकर्तामाथि सुनियोजित एवं सांघातिक हमला गरेको आरोप लगाएको छ ।
‘यो हाम्रो क्षेत्र हो यहा“ कांग्रेसले कार्यक्रम गर्न पाउ“दैन’ आक्रमण गरेको कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ । आक्रमणबाट कोइरालाको हात फ्याक्चर हुनुका साथै दर्जनौ कार्यकर्ता घाइते भएको कांग्रेसले उल्लेख गरेको छ ।
नेकपाका केही कार्यकर्ताले सभाहलभित्रै प्रवेश गरेर आक्रमण गरेको र बाहिर ५०÷६० जनाले कार्यक्रम विथोल्ने उद्धेश्यका साथ सडकमा नारावाजी गरेको उल्लेख गर्दै कांग्रेसले विज्ञप्तिमा यत्रो ठूलो घटना हु“दा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई आफ्नो पार्टीले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाका रूपमा लिएको जनाएको छ ।
‘यो घटनालाई राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएका रूपमा कांग्रेसले लिएको छ’ भन्दै कांग्रेसले जनजागरण कार्यक्रममा उर्लंदो जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरूका कार्यकर्ताहरूले अतालिएर आक्रमण गरेको टिप्पणी गरेको छ ।
सत्तारुढ दल र सरकार यसरी स्वतन्त्र रूपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्दत रहेको आरोप लगाउ“दै कांग्रेसले भविष्यमा यस्ता घटनाः नदोहो¥याउन नेकपालाई चेतावनीसमेत दिएको छ ।



No comments:

Post a Comment